नेपालमा लगाइएको कर संसारकै सस्तो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगाएको कर संसारकै सस्तो भएको बताएका छन् । करका कारण सरकारको व्यापक आलोचना भइरहेको बेला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताएका हुन् । उनले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिएका थिए।

उनले भने ‘स्थानीय तहलाई कर लगाउने अधिकार छ । तर, जनताले धान्न सक्ने गरी कर लगाउ पर्छ ।’

प्रतिक्रिया