कञ्चनपुरमा गोली चल्यो, केही प्रदर्शनकारी पक्राउ

फाइल तस्बिर

काठमाडौं । निर्मला बलात्कार र हत्या घटनामा प्रहरीले सार्वजनिक गरेको अभियुक्तका बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ ।

प्रहरीले घटनालाई लुकाउन बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध स्थानीयले प्रदर्शन र बजार बन्द गराएकाछन् । प्रहरीले प्रदर्शन नियन्त्रण गर्न ४ राउण्ड हवाई फायर गरेको छ । यसका साथै प्रदर्शनमा उत्रिएका केहीलाई पक्राउ गरेको छ ।

स्थानीयले मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलार्इ बलात्कारीका रुपमा सार्वजनिक गरेको भन्दै प्रहरीविरुद्ध आक्रोस पोखेका छन् । प्रहरीले निर्मलाका बुबालाई बिष्ट अभियुक्त हुन भनी किटानी जाहेरी दिन दबाब दिएका कारण स्थानीय प्रहरी विरुद्ध प्रर्दशनमा उत्रेका हुन् ।

प्रहरीले बलात्कारमा संलग्न अपराधी लुकाइएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । प्रदर्शन नियन्त्रणबाहिर पुग्ने अवस्था देखिएको छ ।

प्रहरीले सोमबार निर्मला हत्या प्रकरणमा ४१ वर्षीय दीलिप बिष्टलाई बलत्कारका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया