भव्य आतिसवाजीसहित १८औँ एसियाड उद्घाटन

राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफै मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए । मोटर साइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो । मोटरसाइकल चढेपछि रंगशाला पुग्नु अघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए । ‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ । एसियाड आजबाट सुरु भएको घोषणा गर्छु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विडोडोले भने ।


काठमाडौं । इन्डोनेसियाको जाकार्तामा शनिबार भव्य आतिसवाजीसहित १८औँ एसियन गेम्सको उद्घाटन भएको छ । एसियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आयोजक देशका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरे । राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफै मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए ।

मोटर साइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो । मोटरसाइकल चढेपछि रंगशाला पुुग्नुु अघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए ।‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ । एसियाड आजबाट सुरु भएको घोषणा गर्छु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विडोडोले भने ।

एसियाली खेलकुदकै इतिहासमा दुुई फरक शहरमा हुन लागेको एसियाडका खेलहरु सेप्टेम्बर २ तारिखसम्म राजधानी जकार्ता र पालेम्वाङमा हुनेछ । दोश्रो पटक एसियाड आयोजना गरेको इन्डोनेसियाले सन् १९६२ को चौथो संस्करण आयोजना गरेको थियो ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहेमद अल सवाहले एसियाडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इन्डोनेसियाले ४५ राष्ट्रलाई एउटै स्थानमा ल्याएको र भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए ।

उनले इन्डोनेसियाको अतिथि सत्कारले सबैलाई प्रभावित पारेको बताउदै ५३ बर्ष पछि इन्डोनेसियामा एसियाड फर्केको बताए ।आयोजक कमिटिका अध्यक्ष तथा एनओसी इन्डोनेसियाका अध्यक्ष इरिक थोहिरले एसियाडले नयाँ इतिहास रचेको बताए । उनले इन्डोनेसियाले आयोजनाका लागी राम्रो तयारी गरेको बताउदै खेलाडी राष्ट्रको शक्ति भएको बताए ।

रंगशालाको मध्यभागमा कृतिम पहाडमा झरना बनाएर मञ्चलाई आकर्षक बनाइएको थियो । इन्डोनेसियाको पर्यटकीय एवं चर्चित स्थल बालीको पहाडलाई झझल्को दिने गरी मञ्चमा कृतिम पहाड तयार पारिएको थियो । विविधताले भरिएको इन्डोनेसियाको संस्कृतिलाई उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो ।

चर्चित कलाकारले प्रस्तुती दिएका थिए । समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झन्डा बोक्दै नेपाली खेलाडीको नेतृत्व गरेका थिए । मार्च पासमा नेपालका खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भए । यद्यपि, अधिकांश अफिसयलको सहभागिता रहेको थियो ।

एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा १ सय ८५ खेलाडीले (पुरुष १ सय २९ र महिला ५६) ले चुनौती प्रस्तुत गर्नेछन् । नेपाली टोलीमा ४८ प्रशिक्षक, २४ व्यवस्थापक, २७ अफिसियल र १ दोभाषे रहेका छन् । एसियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी छन् । ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

 

 

इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एसियाली खेलकुदमा समग्रमा सबैभन्दा बढी स्वर्णपदक जितेको चीनले ८ सय ७९ खेलाडी सहभागी गराएको छ ।  थाइल्यान्डले ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारतका ५ सय ७२ खेलाडी सहभागी छन् ।

नेपालले आर्चरी, एथ्लेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, पाराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

पुरुष फुटबलमा मात्र सहभागिता जनाएको नेपालले समूह चरणको २ खेलमा पराजित हुँदै प्री–क्वार्टरफाइनलमा पुग्ने झिनो आशा मात्र बाँकी राखेको छ । २ संस्करणबाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कांस्य गरी २३ पदक जितेको छ ।

प्रतिक्रिया