-नरेन्द्रमान श्रेष्ठ सेयर बजारका लगानीकर्ता हल्लाको पछि लाग्ने गरेका छन् सेयर बजारका कतिपय लगानीकर्ताहरूलाई हल्लाले डुबाउने पनि गरेका हुन्छन् । सेयर बजारलाई हल्लाले हल्लाइरहेका हुन्छन् भने कतिपय लगानीकर्ताहरू हल्लाको पछि पनि लाग्ने गरेका छन् । सेयर बजारमा हल्लाको पछि लागेर एक दिनमै अर्बाैँ गुमाउने गरेका छन् लगानीकर्ताहरू ।
अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भन्ने हल्लाको पछि लागेर लगानीकर्ताहरूले नोक्सानि बेहोरे हुनत यसमा चलखेल मान्नेहरू थुप्रै छन् । हुनलाइत सेयर बजारमा सेयरको मूल्य घट्ने बढ्ने भनेको स्वभाविक हो । यसलाई लगानीकर्ताले सामान्य रूपमा लिने गरेका छन् ।
तर, कतिपय अवस्थामा सेयर बजारमा अस्वभाविक रूपमा नाटकीय रूपमा नेप्से घट्ने बढ्ने गर्छन् र गराइन्छ भनेर पनि चर्चा हुने गरेका छन् । सेयर बजार घटिरहेको बेला अझ घट्छ कि भनेर लगानीकर्ताहरू डराएर सेयरहरू बेच्ने पनि गरेका छन् । कतिपय मिडियाहरूमा आएर सेयर बजारका विश्लेषक भनिनेहरूले सेयर बजारमा नेप्से यतिसम्म घट्छ भनेर गरिने हल्लाले पनि लगानीकर्ताहरू आत्तिने गर्छन् र सेयरको मूल्य घट्छ कि भनेर घाटा खाएर बेच्छन् भने किन्नेले पनि अझ घट्ने हो कि भनेर अन्योलमा हुन्छन् र पर्ख र हेर भनेर बस्छन् र यसले सेयरको आपूर्ति बढेर सेयरको मूल्य घट्छ यसमा पनि डिमान्ड एन्ड सप्लाइको नियम त लागू हन्छ नै ।
पछिल्लो समयमा नेप्से घटेको कारण सेयर बजारमा सेयरको अपूर्ति बढेर हो भन्दा पनि फरक नपर्ला यस्तो अवस्थामा हल्लाको पछि लाग्नु हुँदैन । सेयर बजार भनेको सधैँ बढ्ने र सधैँ घट्ने हुँदैन । सेयर बजार घट्ने बढ्ने स्वभाविक हो । कतिपय सेयर बजारका ठूलाबढा खेलाडी सेयर बजारका डन भनिनेहरूले कतिपय सेयर ब्रोकरहरूसँगको मिलेमतोमा नेप्सेमा प्रभाव पार्ने पनि गर्ने गरिन्छ भनेर पनि चर्चा चल्ने गरेका छन् ।
तर, यसको मारमा भने इमानदार र साना लगानीकर्ताहरू र सेयर बजारमा प्रवेश गर्ने नयाँलगानीकर्ताहरू पर्ने गरिन्छ । कतिपय सेयर बजारका माहिर लगानीकर्ताहरूले सेयर बजारलाई सेयर ब्रोकरहरूसँगको मिलोमतोमा सेयर बजारलाई आफ्नो अनुकूल चलाइरहेका हुन्छन् । तर, यसमा सेयर ब्रोकरहरू मान्न तयार नभए पनि विगतमा कतिपय सेयर ब्रोकरहरूको मिलेमतोमा सेयर बजारमा अनिमियता भएको उदाहरणहरू छन् ।
त्यसो त कतिपय अवस्थामा देशमा हुने राजनीतिक अवस्था सरकार परिवर्तन राजनीतिक खिचातानि आदिले पनि सेयर बजारमा असर परेको हुन्छ । तर, यस्तो अवस्थामा सेयर बजार अस्वभाविक रूपमा एकै दिन ४१ अंकले नेप्से घट्ने बढ्ने भने हुँदैन । नेपाल राष्ट्र बैंकले जारिगरेको ०७१÷७२ को मौद्रिक नीतिले गर्दा सेयर बजारमा हलचल नै ल्याएको थियो ।
मौद्रिक नीतिअनुसार बैंक तथा बित्त कम्पनीहरूले आफ्नो चुक्ता पुँजी लगभग चार गुणाले बढाउन पर्ने निर्देशन भएपछि सेयर बजारमा हलचल नै ल्याएको थियो । त्यसबेला नौ सय अंकको हाराहारीमा घुमिरहेको नेप्से मौद्रिक नीति जारीपछि नेप्से १८ सय अंकभन्दा बढी पुगेको थियो ।
बैंक तथा वित्त कम्पनीहरूले आआफ्नो पुँजी राष्ट्र बैंकले तोकेको समयमा बढाउन बैंक तथा वित्त कम्पनीहरू मर्जरमा जाने बोनस सेयर हकप्रद सेयर जारी गर्ने आदि हल्लाको कारणले त्यसबेला सेयर बजार उकालो लागेको थियो । ०७१÷७२ को मौद्रिक नीति आउनुभन्दा पहिले आफ्नो अनुसार घुमिरहेको नेप्से मौद्रिक नीतिले उचालेको हो भन्दा पनि फरक नपर्ला ।
यही अवस्थाको फाइदा लिई कतिपय सेयर बजारका लगानीकर्ताले सेयर बजारलाई आफ्नो अनुकूल बनाए । सेयर बजार उकालो लागेकोले सेयर बजारमा लगानी गर्दा फाइदा हुने रहेछ भनेर भनेर कतिपय नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरे कतिपय लगानीकर्ताहरूले बोनस तथा हकप्रद सेयर पाउने त्यसैगरी राम्रो बैंकसँग मर्ज भए सेयरको मूल्य बढ्ने आशमा पनि सेयर बजारमा लगानी गर्नेहरू पनि छन् ।
पछिल्लो समयमा फेरि बोनस सेयर र हकप्रदहरू बजारमा आउने र यसले सेयर आपूर्ति बढ्नेछ भनेर हल्ला फैलाई नेप्सेलाई घटाउन तल्लीन रहेका छन् । सेयर बजारमा नेप्से ओरालो लागेको बेला यस्ता लगानीकर्ताले बढी गुमाउँछन् भन्छन् नि ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भन्ने उखानजस्तै भए । सेयर बजार उकालो लाग्दा कछुवाको चालमा र ओरालो लाग्दा खरायोको चालमा लाग्ने धेरै उदाहरणहरू छन ।
यस्तो अबस्थामा गुमाउने भनेको साना र नयाँ लगानीकर्ताहरू नै हुन् । यदि सेयर बजारमा दिनमा नेप्से तीन÷चार प्रतिशतले ओरालो लागेकोलाई स्वभाविक भन्न सकिँदैन यसलाई अस्वभाविक नाटकीय भन्नुपर्छ । यस्तामा सेयर बजारमा चलखेल भएको बुझ्न पर्दछ । त्यसो त सेयर बजार ओरालो लाग्ने बित्तिकै लगानीकर्ताहरू आत्तिने र फेरि घट्छ कि भनेर घाटा खाएर भए पनि बेच्ने गरेका छन् । यस्तो अवस्थामा घटिरहेको बजारमा सेयरको आपूर्ति बढी भएर झन् घट्ने हुन्छ ।
अरूमा जस्तै सेयर बजारमा पनि डिमान्ड एन्ड सप्लाइको सिदान्त लागू हुन्छ नै । त्यसो त सेयर बजार उकालो लागेको हेरेर मात्र पनि लगानी गर्न हुँदैन । सेयर बजारमा लगानीगर्दा आफूले लगानी गर्न लागेको कम्पनीहरूको सही सत्य तथ्य जानकारी लिएर मात्र लगानी गर्न पर्दछ । तैपनि कतिपय अवस्थामा सेयर बजार ओरालो लागेको अवस्थामा कतिपय राम्रो भनिएका आर्थिक अवस्था बलियो भनिएका ७० प्रतिशतसम्म बोनस सेयर दिने भनिएका कम्पनीहरूको सेयरको मूल्य पनि अस्वभाविक रूपमा घट्ने गर्दै छन् ।
यस्तो अवस्थामा लगानीकर्ताहरूमा अन्योल बढ्ने गर्छ । राम्रा कम्पनीको सेयर मूल्य पनि अस्वभाविक रूपमा घट्ने गर्छन् भने यसलाई सेयर बजारमा हुने चलखेल मान्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बजारमा सेयरको आपूर्ति बढी भएर लागानीकर्ताले लगानी गर्न नचाहेर सेयर बजार ओरालो लागेकोलाई सामान्य मान्नुपर्छ तर लगानी हुँदा पनि एक दिनमा अर्बको हाराहारिमा कारोबार भए पनि सेयर बजार तीन÷चार प्रतिशतको गिरावट आउनेलाई कसरी स्वभाविक भन्ने ।
सेयरबजारमा केहीदिन ओरालो लागेको सेयर बजारलाई उकास्न धेरे दिन लाग्ने हुन्छ यस अवस्थामा लगानीकर्ताले अर्बाैँ गुमाइसकेका हुन्छन् । पछिलो समयमा सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेको छ । सेयर बजारमा अस्वभाविक रूपमा नेप्से घट्ने बढ्ने भएपछि नयाँ लगानीकर्ता मात्र नभई अरू लगानीकर्ता पनि हतोत्साही हुने गर्दछन् । सेयर बजार भनेको फेयर हुनुपर्छ ।
सेयर बजारमा जति बढी लगानीकर्ताको प्रवेश हुनेछ जति बढि लगानी हुन्छ सेयर बजार, कम्पनीहरू सेयरब्रोकर, लगानीकर्ता तथा राज्यलाई यसले राम्रो प्रतिफल दिन्छ । यसका लागि सेयर बजारलाई प्रभाव पार्ने सेयर बजारको डन भनिनेहरू लगानीकर्तादेखि सानाठूला लगानीकर्ताहरू सेयर ब्रोकरहरू नेप्से नेपाल धितोपत्र बोर्ड नेपाल राष्ट्र बैंक सेयर बजारसँग सरोकार राख्नेहरू सबै इमानदार हुनपर्छ ।
अहिले सबैजसो बैंक तथा बित्त कम्पनीहरूले दुई÷तीन सय प्रतिशतसम्म हकप्रद सेयर जारी गर्ने गरिरहेका छन् यसले धेरैजसो संस्थापक सेयरधनीलाई हकप्रद सेयर किन्न रकमको जोहो गर्न समस्या परिरहेको छ । पछिल्लो समयमा सबै हकप्रद सेयरहरू पनि बिक्री हुन छाडेका छन् । संस्थापकहरूको हकप्रद सेयर त लिलामीमा राख्दासमेत बिक्री हुन छाडेका छन् ।
अहिलेको अवस्था भनेको सेयर धनीहरूको लागि ‘नखाउँ भने दिन भरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भन्ने उखानजस्तो भइरहेको छ । सेयर बजार घट्ने बढ्नेमा कतिपयले व्यक्ति र मिडियाले विभिन्न हल्ला गरे पनि नेप्से यति अंकमा आउँछ भनेर ठोकुवा गरेर कसैले पनि भन्नसक्ने अवस्था छैन । तैपनि सेयर बजारका लगानीकर्ताहरू भने सचेत परिपक्व र सेयर बजारप्रति जानकार भने हुनुपर्दछ ।
हल्लाको पछि दुगुर्दा लगानीकर्ता डुब्न पनि सक्छन् । सेयर बजारका लगानीकर्ताहरू आत्तिने डराउने हुनु हुँदैन लगानीकर्ताहरूमा धैर्यता भने चाहिन्छ नै ।
प्रतिक्रिया