ललितपुरमा नेपालको सबैभन्दा लामोे रथजात्रा आरम्भ

सुभानु आचार्य
ललितपुर । ललितपुरमा नेपालको सबैभन्दा लामो रथजात्रा जारी छ । मच्छिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो रथजात्रा हो । उपत्यकामा रातोमच्छिन्द्रनाथ र सेतोमच्छिन्द्रनाथ गरी दुई किसिमको जात्रा गरिन्छ । सेतो मच्छिन्दनाथको जात्रा काठमाडौंको दरवारमार्गबाट सुरु हुन्छ भने रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा हुने गर्दछ । रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रूपमा मानिन्छ ।

नेपालमा मच्छिन्द्रनाथ भारतको कामारुकामाक्षबाट ल्याइएको हो । लामो समयसम्म उराठ रहेको नेपालको भूमि हराभरा बनाउने उद्देश्यले मच्छिन्द्रनाथलाई नेपाल ल्याइएको हो भन्ने बुझाई नेवारी समुदायमा रहेको छ । मच्छिन्द्रनाथलाई नेपाल ल्याउनुपूर्व उनले सबै लोकको हित गर्ने हेतुको साथ विरिन्चिनारायणको अवतार धारण गरी नेपालीलाई दर्शन दिएका हुन् भन्ने कुराको उल्लेख नेवारी वंशावलीमा पाइन्छ । मच्छिन्द्रनाथले बिरिन्चिनारायणको अवतार धारण गरि नेपालीलाई दर्शन दिएपछि नेपालमा नेवार समुदायका मानिसले आफ्ना छोरी ज्वाइँ, भान्जाभान्जी बोलाएर भोज खुवाई रथजात्राको आरम्भ गरेको हो भन्ने बुझाई बुढापाकामा रहेको छ ।

मच्छिन्द्रनाथको रथजात्रा कति लामो समय चल्छ भन्ने कुराको कुनै टुंगो छैन । मच्छिन्द्रनाथको रथजात्रा कहिले एक महिना चल्छ त कहिले त्यो भन्दा बढी जति पनि लम्मिन सक्छ । प्राकृतिक हिसाबमा यदि भूकम्पको प्रभाव जात्रा देखाउनु अघि प¥यो भने त यसको लम्बाइको आँकलन गर्न सकिँदैन । यसवर्ष मलमास परेकाले मच्छिन्द्रनाथको रथजात्रा डेढदेखि दुई महिना लामो हुनेछ । मच्छिन्द्रनाथको रथजात्रालाई पाटनको ऐतिहासिक पर्वको रूपमा चिनिन्छ ।

रथ निर्माण
चैत महिनाको पूर्णिमाका दिन विधिवत पूजा गरेको भोलिपल्टदेखि रथ निर्माण कार्य शुभारम्भ हुन्छ । यो कार्य वैशाख पूर्णिमासम्ममा समाप्त गरिसक्नुपर्ने हुन्छ । कार्य विभाजनअनुसार तलामा राखिएका काठमा डोरी र बेत बाँध्ने काम यँवालहरूले गर्दछन् । १०औँ दिनमा बाराहीहरूले रथमा पांग्रा र जोड्छन् । त्यसपछि लगातार तीन दिन तला थप्ने काम बाराहीहरूले गर्छन् । एक क्विन्टलको गजुर रथको टुप्पोमा पु¥याउने काम सबभन्दा जटिल कार्य हो । रथ बनाउनका लागि गोदाबरी र हेटौंडाको मनहरीबाट काठ ल्याइन्छ । बोसी थरका नेवारले साइत हेरेपछि जंगल गएर काठ काट्ने चलन रहेको छ । सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ त्रयोदशी भुवनको प्रतीकका रूपमा १३ तला र ३२ लक्षणको हिसाबले ३२ हातको रथ तयार पारिन्छ । बेत र काठ मात्र प्रयोग गरी पुल्चोकमा यो रथ तयार गरिन्छ । वैशाख शुक्ल पतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन मृतआत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै रथ अगाडि गौदान गरिने परम्परा छ । त्यसको भोलिपल्ट वा तिथि घटबड भएमा सोही दिन साइतअनुसार अपराह्नमा पाटनका आठ टोलवासीले रथ तानेर गावाहालतिर तानिन्छ ।

रथयात्रा
ललितपुर माहानगरपालिका ललितपुरको गुठि संस्थानले यस वर्ष मच्छिन्द्रनाथको रथजात्राको क्रममा ५० लाख रकमको सहयोग गरेको छ । गुठी संस्थानका प्रमुख शैलन्द्र पौडेल भन्छन्, ‘ललितपुरको लामो रथजात्राको रूपमा मानिने मच्छिन्द्रनाथको रथजात्रालाई भव्य र सभ्य बनाउने उद्देश्यको साथ रकमको सहयोग संस्थानले गरेको छ । अन्य वर्षकै तुलनामा यसवर्ष ठूलो रकम सहयोग संस्थानले मच्छिन्द्र गुठीलाई दिएको हो । हाल ललितपुरको पाटन मच्छिन्द्रनाथ रथजात्राको क्रममा भव्य र सभ्य बनेको छ । यो रथयात्रा हेर्ने थुप्रै जिल्लाका मानिस आउने गर्दछन् । जात्रा सञ्चालन गर्ने क्रममा अवश्य पानी पर्छ भन्ने विश्वास पाटनवासीमा रहेको छ ।

सहकालका देवता मच्छिन्द्रनाथलाई रथजात्रा शुरुवात हुनुभन्दा पहिलो दिन नयाँ रथमा विराजमान गराइन्छ । भगवान्लाई रथमा विराजमान गराएको भोलिपल्टबाट पुल्चोकमा पहिलो रथजात्राको आरम्भ हुन्छ । रथजात्राको क्रममा मच्छिन्द्रनाथलाई दुई दिन पुल्चोकमा राख्ने चलन छ । पुल्चोकमा रथजात्रा पूर्ण भएपछि मच्छिन्द्रनाथलाई पाटनको गाःबहालमा लगेर राख्ने चलन छ । पाटनको गाःबहालमा मच्छिन्द्रनाथलाई एक रात राखेपछि त्यहाँका स्थानीय जनताले जात्रा मनाउने गर्छन् ।

जात्रा सुरुआत हुने पहिलो दिनलाई नेवारी समुदायका मानिसले ‘छोलेपु’ भन्ने गरेका छन् भने जात्राको दिनलाई ‘भुज्याँ’ भन्ने गर्छन् । गाःबहालको छोलेपु, भुज्याँ पर्व समापन भएपछि मच्छिन्द्रनाथलाई गाःबहालबाट पाटनको सुन्धारा लाने चलन छ । पाटनको सुन्धारामा मच्छिन्द्रनाथलाई दुई रात राख्ािन्छ । सन्धरावासीले छोलेपु र भुज्याँ पर्वको समापनपछि मच्छिन्द्रनाथको रथजात्रा आरम्भ गर्ने गर्छन् । पाटनको सुन्धारामा मच्छिन्द्रनाथको रथयात्रा पूर्ण भएपछि मच्छिन्द्रनाथलाई तेस्रोपल्ट लगनखेल चोकमा तानेर पु¥याइन्छ । लगनखेल चोकमा मच्छिन्द्रनाथलाई पु¥याउन एक वा दुई दिन लाग्ने गर्छ ।

पाट्नका स्थायीवासी नेवार समुदायका अगुवा सूर्यमान डंगोलका अनुसार लगनखेल चोकको बीचभागमा अवस्थित मन्दिर मच्छिन्द्रनाथकी आमा माया दीक्षित रानी मायादेवीको हो । मच्छिन्द्रनाथलाई लगनखेल चोकमा लगी आमा माया दीक्षित रानी मायादेवीको एक चक्कर परिक्रमा गराउने चलन रहेको छ । मच्छिन्द्रनाथको रथलाई लगनखेलको चोकमा आसिन गराएपछि आइतबार र बुधबारबाहेक अन्य दिनमा पूजा गर्नुपर्छ । मच्छिन्द्रनाथको पूजाआजा लगनखेलमा समाप्ती गरेपछि लगनखेलको ठटीटोलमा मच्छिन्द्रनाथलाई तानेर लगिन्छ । डंगोल भन्छन्, ‘पाटनमा नेवार समुदायको ४० टोल छ ।’ ४० टोल मध्ये १९ टोलका मानिसले ठटीटोलमा मच्छिन्द्रनाथको रथजात्रा मनाउने गर्छन् । मच्छिन्द्रनाथलाई ठटीटोलमा लगेपछि नरिवल खसाल्ने चलन रहेको छ । सदियौँ वर्षदेखि पाटनका आइमाईहरूले नरिवल खसालेको भोलिपल्ट मच्छिन्द्रनाथको रथ तान्ने परम्परा रहेको छ ।

नरिवल खसाल्नुको कारण
पाटनमा मच्छिन्द्रनाथको जात्रा गर्दा नरिवल खसाल्नुको कारण विशेष रहेको छ । मच्छिन्द्रनाथ नेपाल आएपछि ‘म केही न केही फल मेरा भक्तलाई दिन्छु भनेपछि नरिवल खसाल्ने चलन बनेको हो’ भन्ने बुझाई रहेको पाटन निवासी सूर्यमान डंगोलले बताउँछन् । मच्छिन्द्रनाथको जात्रा खसालेको नरिवल जुन महिला वा पुरुषले भेट्छन् भनिन्छ त्यस महिला वा पुरुषले अन्यभन्दा भिन्न स्वभाव भएको पुत्र जन्माउछन रे ! त्यस पुत्रमा जनसेवक, राष्ट्रसेवा, मनप्रेमी, बुद्धिमानी भावनाको विचार हुन्छ भन्ने बुझाइ छ ।

महिलाले रथ तान्नुको कारण
नरिवल खसालेको भोलिपल्ट पाटनका महिलाले रथ तान्ने चलन छ । पहिलोपटक मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि पाटनका सबै महिला तथा पुरुष बाजा बजाएर मच्छिन्द्रनाथको दर्शन गर्न गएछन् । त्यही रात सहकालका देवता मच्छिन्द्रनाथले राती यसो विचार गरेछन् । कति जना मान्छे मेरो जात्रा हेर्न आएछन् भन्दै । त्यस क्रममा मच्छिन्द्रनाथले पाटनको एक महिलाबाहेक सबै जात्रा हेर्न आएको थाहा पाएछन् । सहकालका देवता मच्छिन्द्रनाथलाई जान्ने इच्छा भएछ ।

उनी किन ती महिला मेरो जात्रा हेर्न आइनन् भन्दै उनको घरमा गएछन् । मच्छिन्द्रनाथले मानवरूप धारण गरी त्यस महिलाको घरमा गई प्रश्न गरेछन् । तिमी मात्र किन जात्रा हेर्न आइनौ । त्यस महिलाले भनिछन्, ‘जात्रा मनाउन मेरो घरमा अन्न र पैसा दुबै छैन, म त्यहि भएर जात्रा हेर्न नआएको हुँ ।’ त्यस जवाफ सुन्नेबित्तिकै मच्छिन्द्रनाथ त्यहाँबाठ आफ्नो बाटो लागेछन् । र, महिलाले घरभित्र छिरी हेर्दा भण्डार अन्नले पूर्ण भरिभराउ भएको देखिछन् । अन्नले पूर्ण भरिभराउ भएको भण्डारबाट महिलाले अन्न झिकेर विभिन्न परिकार बनाई टन्न आपूm खाइछन् र घरबाट बिहानको ४ बजे निस्किछन् । ४ बजे बिहान त्यस महिलाले घरबाट निस्किँदा आफ्नो फरिया माथि सार्दै रथ तान्न गएपछि भगवान् मच्छिन्द्रनाथ खुसी भई अलि पर सरेछन् ।

महिलाले रथ तानेको भोलिपल्ट मच्छिन्द्रनाथलाई अर्काे टोलमा सारेर राख्ने चलन छ । ‘मच्छिन्द्रनाथ जात्राको क्रममा पाटनवासीले जावलाखेललाई अर्काे टोलको रुपमा चिन्ने गरेका डंगोलले भन्छन् । मच्छिन्द्रनाथलाई जावलाखेल लाँदा ज्योतिषीहरूले साहित जुराएर लानुपर्ने चलन छ । ज्योतिषीले गरेको उचित समयको ठहरपछि मच्छिन्द्रनाथलाई जावलाखेल लाने गरिन्छ । मच्छिन्द्रनाथलाई जावलाखेल लगेको चौथो दिनमा भोटो देखाउने चलन रहेको छ ।

छोलेपु भनी मच्छिन्द्रनाथलाई एक रात जावलाखेल राखिन्छ । छोलेपुको भोलिपल्टको दिनलाई नेवारले भुज्या भन्छन् । भुज्याको भोलिपल्ट पुल्चोकवासीले दुई दिन जात्रा मनाउने गर्छन् । मच्छिन्द्रनाथलाई पुल्चोक लगेको भोलिपल्ट पुल्चोकमा तिन लोकको जात्रा मनाउने चलन छ । तिनलोक अन्तर्गत देवलोक, पृथ्वीलोक र पाताललोक हो । यस दिनमा देवता, दानव, किन्नरा, किन्नरी, यक्ष, नागको पुजा गरी पाटनवासीले रथजात्रा मनाउने चलन छ ।

मच्छिन्द्रनाथलाई नेपाल ल्याइएको कथा
वि.सं ७१६ मा भारतको कामारुकामाक्ष्यबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याइएको हो । ‘सहकालका देवता मच्छिन्द्रनाथलाई नेपाल ल्याईएको ८४ वर्षसम्म विनारथयात्रा जात्रा मनाइएकोे थियो, डंगोल समुदायका अग्रज सूर्यमान डंगोलले जानकारी दिए । विनारथको सहारा ८४ वर्षसम्म मच्छिन्द्रनाथको जात्रा हुँदा, त्यस क्रममा तीन वटा राजाले राज्य गरेको थिए जसमा नरेन्द्रदेवले ४८ वर्ष, शिवदेवले १७ वर्ष र जयदेवले १७ वर्ष राज्य गरेका हुन् । नरेन्द्रदेव, शिवदेव र जयदेवले रथ बनाउने विचार नपुराएपछि पछि चौथौ राजा वरदेवले रथ बनाएर जात्राको सुरुआत गरेको कुरा नेवार वंशावलीमा उल्लेख रहेको छ ।

राजा वरदेवले राज्य सम्हालेको दुई वर्षमा रथनिर्माण गर्ने चलन अघि आएको हो । जात्रा भनेको रथमा राखेर सबै नगरवासीलाई देखाएर मनाउनुपर्छ भन्ने राजा वरदेव अन्य राजाभन्दा फरक स्वभावका थिए । एक दिन भक्तपुरका राजा नरेन्द्रदेव भक्तपुरबाट पुजारी खोज्दै काठमाडौं आएछन् । उनले खोजी गर्ने क्रममा काठमाडौंको टेहेवालमा एक जना कविराज वा पुजारी बस्छन् भन्ने कुरा थाहा पाएछन् । राजा नरेन्द्रदेवले टेहेवालमा गई बन्धुदत्त आचार्य नामक कविराजसँग भेट गरी मच्छिन्द्रनाथ लिन जाने सल्लाह गरेछन् । कविराज बन्धुदत्त आचार्यले हुन्छ भनेपछि देशमा केही दिनदेखि परेको अनिकाल हटाउन नरेन्द्रदेव र बन्धुदत्त आचार्य मच्छिन्द्रनाथ लिन भारत हिँडेछन् ।

जब राजा नरेन्द्रदेव र कविराज बन्धुदत्त आचार्य पाटनको मंगलबजार दरबार क्षेत्रमा आइपुगे उनीहरूले त्यहाँ एक जना माली पूmल गोडिरहेको देखेछन् । यसो त्यो मालीलाई हेर्दा माली त ३२ लक्षिणले युक्त देखिएछ । नरेन्द्रदेव र बन्धुदत्त आचार्य त्यस माली ‘ललितालाई’ हामीहरू मच्छिन्द्रनाथ लिन भारत हिँडेका हौँ । तिमी पनि हिँड भनेपछि ललिता उनीहरूसँग भारत जान तत्पर भई शुभ दिन र शुभ साइत ठहराई दक्षिणकालीको बाटो हँुदै तीन जना सँगै गएछन् ।

जब राजा नरेन्द्रदेव, कविराज बन्धुदतआचार्य र ललिता मच्छिन्द्रनाथ लिन बाटोमा जाँदै थिए उनीहरूले बाटोमा कर्कट नाग सुतिरहेको देखे । त को हो बाटो छोड राजाले भने । त्यसपछि कर्कट नाग बाटोबाट उठी कहाँ जान लागेको हौ भनी प्रश्न गरेछन् । उनीहरूले सबै कुरा बताएपछि कर्कट नाग पनि मच्छिन्द्रनाथ लिन भारत जान तत्पर भएछ र नाग पनि सँगै गएछ । उनीहरू बाटोमा जाँदा जाँदा त्यहाँ पहिला शिला नदी भेटिएछ । जसले त्यो शिला नदीको स्पर्श गर्छ त्यो शिला हुने कुरा उनीहरूलाई थाहा थियो । त्यसैले कर्कट नाग शिला नदीको पुल भएर बसेछन् । पुल भएर बस्ने क्रममा कर्कट नागको पुच्छरले नदीमा छोइनाले शिला भएर टुक्रिएछ । यसले कर्कट नाग बेइज्जत हुने भयो भनी चिन्ता गर्न थालेछन् । यस चिन्तालाई कविराज बन्धुदत्त आचार्यले शान्त पारेछन् । उनले मन्त्रोच्चारणमार्फत सबै नागको पुच्छार नहोस् भनी वरदान दिएछन् ।

शिला नदीको पुल तर्ने क्रमको समाप्तीसँगै कर्कट नागले मच्छिन्द्रनाथ के गरी बसेका रहेछन् भनी भ्रमराको रूप धारण गरी हेर्न गएछन् । उनले देखेछन् कि ! मच्छिन्द्रनाथ त फलफूलको रुख मुनि बगैचामा बसिरहेका रहेछन् । कर्कट नागले मच्छिन्द्रनाथको सबै चाल बुझी उनीसँग भएको जगतमणि लिएर मच्छिन्द्रनाथको जिउमा सुम्सुम्हाएछन् । मच्छिन्द्रनाथलाई मणिको मोहनी लागि उनी म नेपाल जान्छु, म नेपाल जान्छु भन्न थालेछन् । मच्छिन्द्रनाथकी आमा माया दीक्षित रानी मायादेवीले तिमी नेपाल जाने कुरा नगर भनी कति सम्झाइछन् तर मच्छिन्द्रनाथले नमानी जाने निधो गरेछन् । आमाले छोरा रोक्नका लागि उनको केस भुइँमा झारी सुतिछन् तैपनि मच्छिन्द्रनाथले आमाको केस एक–एक गरी पन्छाउँदै त्यहाँबाट भमरा भई भागेछन् ।

त्यसैले मच्छिन्द्रनाथको जिउ वा प्राण भारतमा छ भन्ने विश्वास रहेको छ । मच्छिन्द्रनाथ कलसमा बसेपछि बन्धुदत्तआचार्यले त्यसमाथि तामाको पाला राखी चामल र सुपारीले थिचेछन् । बाटोमा मच्छिन्द्रनाथलाई बोकेर ल्याएको कलश तीन सय जना घरपरिवारले खोस्न आएछन् । बन्धुदत्त आचार्यले कलश खोख्न आएको चाल पाई मन्त्रोच्चारणद्वारा चार वटा पर्वत खडा गरी त्यस कलशलाई थिचेछन् । बाटोमा आउँदै गर्दा उनीहरू पाटनको हरसिद्धि गाउँमा भएको भैरवले कुकुरको रूप धारण गरी मच्छिन्द्रनाथ हेर्न आएछन् । उनले पाटनमा मच्छिन्द्रनाथ राख्नुपर्छ भनी बुग्मती लान भनेपछि पहिला रातो मच्छिन्द्रनाथ लाई बुग्मतीको मसानमा राखिएको हो भन्ने पाइन्छ । हाल भने रातो मच्छिन्द्रनाथ पाटनको टेःबहालमा बस्छन् ।

प्रतिक्रिया