१३ वर्षे बालिकालाई ब्लड क्यान्सरः आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल

काठमाडौं, ११ फागुन । ब्लड क्यान्सर पीडितका दाजु काठमाडौं बालाजुका निशान श्रेष्ठले आफ्नी बहिनी ममता श्रेष्ठको उपचारमा आर्थिक अभाव भएपछि उपचारको लागि सहयोगको अपील गरेका छन् ।

आर्थिक अभावका कारण कान्ति बाल अस्पतालको क्यान्सर वार्डकाे ४४० नम्बर बेडमा जीवन र मृत्युसँग लडिरहेकी १३ वर्षीय ममता श्रेष्ठको उपचारमा समस्या देखिएको छ ।

बालाजु फुटुङमा बाबु नगिन्द्र श्रेष्ठ र आमा मुना श्रेष्ठको कोखबाट जन्म लिएकी ममता ब्लड क्यान्सर भई अहिले अस्पतालमा नै दिनरात बिताइरहेकी छिन् ।

कमजोर आर्थिक अवस्था भएका श्रेष्ठ परिवारले उपचारको लागि केहि रकम जुटे ममताले पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् ।

ब्लड क्यान्सर पीडित श्रेष्ठको कान्ति बाल अस्पताल महाराजगञ्जमा क्यान्सर वार्डमा राखेर उपचार भइरहेको दाजु निशान श्रेष्ठले बताए । केहि रकम जुटे बहिनीलाई बचाउँन सक्ने भन्दै सहयोगको लागि अपील समेत गरेका हुन् ।

ममताका दाजु निशानले आर्थिक सहयोगको याचना गर्दै बहिनीको जीवन बचाइदिन सबैसँग आग्रह गरेका छन् । हाल उपचार गराउँदै आए पनि अझ लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले आर्थिक समस्या थपिएको हो ।

सहयोगको याचना गर्दै निशानले भने, ‘हाम्रो आर्थिक अवस्था सामान्य छ । यसअघि उपचार गराउँदा भएको सबै पैसा सकियो । अझै केही समय उपचार गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन्, तर आफुसँग पैसा नहुँदा समस्या भएको हो ।’

चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्टको लागि २२ देखि २५ लाख सम्म रकम लाग्ने बताएकाे उनले सुनाए ।

सहयोग गर्न चाहनेले सिधै ममताका बाबु नगिन्द्र श्रेष्ठ ९८४३५६०१३७, ९८६०९३९५०४ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ वा हिमालय बैंक लिमिटेडको खाता नम्बर ००२–०६८७००६००१४ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया