मृत्युलाई जितेर देशको जिम्मेवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार देशको ४१औँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको सबै मत परिणाम बुधबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए लगत्तै ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

बुधबार दिउँसो बसेको एमाले स्थायी कमिटिको बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । ०२६ सालमा पहिलोपटक कम्युनिस्ट पार्टीको सदस्यता लिएका ओली नेपालको इतिहासमा कम्युनिस्ट पार्टीबाट दोस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । ०७१ सालमा एमाले अध्यक्ष बनेका ओली २० असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

 माओवादी केन्द्रप्रति सदैव तीखो आलोचना गर्दै आएका ओलीले माओवादीकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । माओवादी केन्द्रको सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

सम्भवतः ओलीकै नेतृत्व कालमा नेपालको दोस्रो ठूलो कम्युनिस्ट दल माओवादी केन्द्रसँग एकता हुँदै छ । ०२८ सालमा भएको झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सक्रिय ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि पहिलो तथा मुलुकको ३८औँ प्रधानमन्त्री बन्न सफल भएका थिए । त्यसवेला उनी माओवादीसँगकै सहकार्यमा प्रधानमन्त्री भएका थिए । प्रतिनिधिसभामा मुलुकको पहिलो दल रहेको एमालेका अध्यक्ष ओलीले नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा पछिल्लो निर्वाचनमा एमाले सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ ।

निकट भविष्यमा माओवादीसँग पार्टी एकता निश्चित रहेकाले वाम गठबन्धनको सरकारले आगामी ५ वर्ष मुलुकको शासन सम्हाल्ने लगभग पक्का देखिएको छ । ०५१ सालमा एमालेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेर ओलीले राजकीय पदको यात्रा थालेका थिए । १४ वर्ष लामो समय जेल सजाय भोगेका नेता ओली वाकटुतामा विशेष दख्खल राख्छन् । उनको भाषणकलामा जोडिने उखान टुक्का सबैको चासोको विषय रहँदै आएको छ ।

विशेषतः हरेक कार्यक्रममा केही न केही नयाँ कुरा बोल्दै आएका नेता ओलीको यही कलालाई कतिपय आलोचकले मन पराउने गरेका छैनन् । धेरैले उनलाई वाकपटुतामा विशेष योगदान राख्ने नेताका रूपमा बुझ्ने गर्दछन् । पारिवारिक जीवन र बाल्यकाल झापामा बिताएर झापाबाटै सक्रिय राजनीति सुरु गरेका नेता ओली इवा–२, तेह्रथुममा पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीबाट०८ साल ११ फागुनमा जन्मिएका हुन् । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार ०२२ सालमा बसाइँसराइ गरी झापा गएको थियो ।

सुरुंगाको कन्काइ नदी किनारमा बसोवास गर्ने ओलीको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उनले आमा गुमाउनुप¥यो । सानो छँदा कन्काईमा आएको बाढीले ओलीको घरजग्गा सबै बगाएपछि परिवार सुकुम्बासी भयो । सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण ओलीको बाल्यकाल निकै कष्टपूर्ण रूपमा बित्यो । हजुरबुबा र हजुरआमाले ओलीलाई हुर्काएका थिए । पढाइको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग ओलीको भेट भएको थियो । चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए ।

दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गएको थियो । विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे । अरूको खुलेर आलोचना गर्ने ओली एसएलसी सकेपछि गाउँकै प्राथमिक विद्यालयमा पढाउन सुरु गरे । तर, राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई भने उनले निरन्तरता भने दिन सकेनन् । झापा विद्रोहबाट उदाएका नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् । यही अडानका कारण उनको प्रशंसासमेत हुने गर्दछ । केहीले अति राष्ट्रवादका रूपमा समेत आलोचना गर्ने गरेका छन् ।

खासगरी राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पछिल्लो समय ओली निडर तथा खरोरूपमा प्रस्तुत हुँदै आएका छन् । एमालेको नवौँ महाधिवेशनबाट पार्टी अध्यक्ष निर्वाचित ओली पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै जनतामाझ पार्टीको बलियो पकड बनाउन सफल भएका छन् । एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समर्थनमा यसअघि मुलुकको ३८औँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले त्यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । पार्टी र संसद्का जिम्मेवारी ०७१ असार १९–२५ मा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित ओली ०७० माघ तत्कालीन संसद्को संसदीय दलको नेता चयन भए ।

गएको मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका ओली संविधानसभाको दोस्रो निर्वाचनमा झापा–७ बाट निर्वाचित भएका थिए । ०४८ र ०५१ को निर्वाचनमा पनि झापा–६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उनी निर्वाचित भए । ०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री थिए । ०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा–२ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टीको संसदीय दलको उपनेता भएका ओली ०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका थिए ।

०७० मंसिरमा भएको संविधानसभा निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका उनी आफ्नो अडानमा स्पष्ट मानिन्छन् । झापा विद्रोहदेखि माओवादी सहकार्यसम्म ०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले ०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यही वर्षदेखि उनी भूमिगत भए । ०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पाटीभित्र हतियारबद्ध संघर्ष वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने बहसमा उनले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका थिए । पार्टीको निर्णय मानी सशस्त्र संघर्षमासमेत होमिएका थिए ।

०४६ को प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो । त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रूपान्तरणको बाटो अँगाल्यो । ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए । ०२५ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटमा आबद्ध भई त्यसको नेतृत्व गरेका उनले ०२६ सालमा संगठित सदस्यता पाए भने ०२३ मा माक्र्सवादी अध्ययन दलमा संगठित भए ।

०२६ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी लिएका उनी ०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बनेका थिए । ०४४ पुस २ देखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गरेका ओली ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुगेका थिए । ०४७ जेठ १ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बनेका ओली ०४९ देखि ०७१ असारसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य रहेर पार्टीको शीर्ष र लोकप्रिय नेताको स्थानमा रहेका थिए ।

०२८ वैशाखमा तत्कालीन पूर्वकोसी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएपछि ०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा ओली अघि सरे । पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उनी विभिन्नपटक जेल परे । पहिलोपटक उनी ०२७ फागुन १६ मा झापाबाट गिरफ्तारीमा परेका थिए । र, त्यसबीचमा पटकपटक गरी १० पटकभन्दा बढी गिरफ्तारीमा परेका थिए । ०३० असोज २३ देखि उनको लामो जेलजीवन प्रारम्भ भएको थियो । रौतहट गौर जेल, गौर थाना हुँदै वीरगञज थाना र ०३० मंसिर ८ मा उनलाई भद्रगोल जेल काठमाडौंमा चलान गरियो ।

पछि केन्द्रीय कारागार, नख्खु जेलमा बस्दै गर्दा ०३६ जेठमा उनी जेलमुक्त भएका थिए । पछि फेरि ०३७ मा गिरफ्तार भई ०४४ असार ११ मा भद्रगोल जेलबाट उनी रिहा भए । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०६१ माघ १९ को कदमपछि उनले नजरबन्द पनि भोगेका थिए ।परिचय०८ फागुन ११ इवा–२, तेह्रथुममा जन्म, माता– स्व. मधु ओली पिता– मोहनप्रसाद ओली ।०२० झापामा बसाइँसराइ०२३ माक्र्सवादी अध्ययन दलमा संगठित०२५ पूर्णकालीन कार्यकर्ताको रूपमा गतिविधिमा संलग्न०२६ नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त ०२७ आन्दोलन परिचालनको लागि भूमिगत जीवन सुरु ०२७ झापामा पहिलोपटक गिरफ्तार ।

०३० सम्म १० पटक गिरफ्तार र रिहा ।०२८ झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनीत ।०३० राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ वर्ष गोलघरसहित १४ वर्ष जेल सजाय ।०३५ जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनिवादी) को संस्थापक नेताको हैसियत प्राप्त ।०४४ जेलबाट रिहा, २ पुसमा बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन ।०४६ तत्कालीन नेकपा (माले) को लुम्बिनी अञ्चलको इञ्चार्जको जिम्मेवारी बहन ।०४७ पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष । ०४७ नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले) को संस्थापक केन्द्रीय सदस्य ।

०४८ बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आमनिर्वाचनमा झापा–६ बाट संसद्को तल्लो सदन, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित०५० केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारीसहित पोेलिटब्युरो सदस्य निर्वाचित०५१ मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभामा पुनः निवाचित । मंसिर १४ गते कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारको गृहमन्त्री नियुक्त ।०५१ पार्टी संसदीय विभागको प्रमुख०५४ पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान ।

०५६ झापा–६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित०५६–०५९ संसद्मा प्रमुखप्रतिपक्षी दलको उपनेता ०५९ पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुनः निर्वाचित । ०६३ गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनःस्थास्पित संसद्द्वारा उपप्रधानमन्त्री तथा विदेशमन्त्री नियुक्त । ०६४ पहिलो संविधानसभाको निर्वाचनमा पराजित०६५÷६६ केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख०६५ आठौँ राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित ।

०७० झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित०७० तत्कालीन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका–संसद्को दलका नेतामा निर्वाचित ।०७१ नवौँ राष्ट्रिय मधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।०७२ असोज २४ व्यवस्थापिक–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते शपथ ग्रहण ।०७३ साउन व्यवस्थापिका–संसद्मा संबोधन, प्रधानमन्त्री पदबाट राजीनामा ।०७३ साउन २० औपचारिक रूपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहाललाई सत्ता हस्तान्तरण ।०७४ फाुगन ३ दोस्रोपटक प्रधानमन्त्री नियुक्त ।

प्रतिक्रिया