सप्तरीकाे शम्भुनाथ मन्दिरमा भीड

सप्तरी, १ फागुन । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा मंगलबार बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ ।

शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनिआज बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ ।

मंगलबार बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान्न तथा फलफूलसहित रंगीचंगी लुगा लगाई महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा शम्भुनाथ मन्दिरमा दर्शनका लागि लामबद्ध छन् ।

विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै सहभागी भएका छन् ।

त्यस्तै राजविराज नगरपालिका-१ मा रहेको शिव मन्दिर, महदेवा गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कंकालनी नगरपालिका-२ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

प्रतिक्रिया