पार्टी विधान र विधिअनुसार चल्नुपर्छ- नवीन्द्रराज जोशी

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले गएको निर्वाचनमा आफ्नो त्यो पुरानो शाख जोगाउन सकेन । पार्टी यो अवस्थामा पुग्नुका पछाडि के–कति कारण छन् ? नेतृत्वले वेलैमा सोचेर आगामी दिनमा यसलाई सच्याएर लैजानुपर्ने देखिएको छ । पार्टीभित्र र बाहिर नेतृत्वबारे आलोचना, टिप्पणी धेरै आए । कैयौँ टिप्पणी सकारात्मक रूपमा आए, कैयौँ नकारात्मक रूपमा आए ।

पार्टीलाई प्रजातान्त्रिक भनिए पनि आन्तरिक रूपमा प्रजातान्त्रिक रूपमा चल्न सकेन । पार्टीको विधान र पद्धतिलाई नेतृत्वले आत्मसात गरेर अगाडि बढेन । विधान र पद्धतिलाई आत्मसात गर्न नसक्नु पार्टीको आन्तरिक कमजोरी हो । पार्टीको तेह्रो महाधिवेशनले पारित गरेको विधान र पद्धतिअनुसार नेतृत्वले पार्टी चलाउन सकेनन् । यसले पार्टी संस्थागत छैन भन्ने कुरा प्रस्ट पार्छ । यसले पार्टीको आन्तरिक जीवनलाई कमजोर बनाउने काम गर्छ, जुन गएको निर्वाचनमा पार्टीले पाएको जनमतले प्रस्ट पारेको छ ।

महाधिवेशनको यतिका समय बित्दा पनि पार्टीले पदाधिकारीको चयन, विभाग गठन र संसदीय बोर्ड गठनजस्ता आन्तरिक संरचनालाई पूर्णता दिन सकेको छैन । यसलाई समयमा नै पूरा गर्नुपर्छ भन्नेबारे नेतृत्वले अहिलेसम्म सोचेको देखिएन । कांग्रेस स्थापनाकालदेखि नै विधान र पद्धतिअनुसार चल्दै आएको छ । फेरि पनि पनि त्यही विधान र पद्धतिअनुसार नै चल्नुपर्छ ।

दोस्रो पुस्ताका नेतृत्वले उठाएको आवाज भनेकै पार्टी विधान र पद्धतिअनुसार चलोस् भन्ने हो । यसले नेपाली कांग्रेसलाई बलियो, मजबुद र उही पुरानो नाम मात्रको होइन, साँच्चै ठूलो प्रजातान्त्रिक पार्टी बनाउँछ । कांग्रेस भएर कांग्रेस कार्यकर्ताको चिन्ता भनेकै पार्टी बलियो अनुशासित र विधिविधानमा चल्ने हुनुपर्छ भन्ने हो । यसमा नेतृत्वले सकारात्मक भएर सोचिदिने हो भने दोस्रो पुस्ताको जोसजाँगर र पहिलो पुस्ताको अनुभवले नेपाली कांग्रेसलाई बलियो पार्टी बनाउनेछ । तर, पार्टी महाधिवेशनको म्यान्डेड र कार्यकर्ताका भावनाअनुसार चलिरहेको छैन । यो इमानदार कांग्रेस कार्यकर्ताका लागि चिन्ताको विषय हो ।

यतिवेला नेपाली कांग्रेस पार्टीजस्तो नभएर एक व्यक्तिले चलाउने संस्थाजस्तो भएको छ । नेतृत्वले पार्टीले महाधिवेशनले पास गरेका कुरा पूरा गर्न नसक्ने हो भने महाधिवेशनबाट आउनुको औचित्य के हो, सोच्नुपर्ने हुन्छ । त्यो सवालमा पार्टी नेतृत्व कमजोर भएकै हो । यसमा नेतृत्वमा बस्ने वा पार्टीको हित चाहने सबैले सकारात्मक भएर सोच्नैपर्ने हुन्छ । पार्टी सच्चिनुप¥यो वा विधानअनुसार चल्नुप¥यो भन्नु पार्टीको अहित सोच्नु होइन भनेर नेतृत्वले बुझिदिनुपर्छ । यसो भयो भने पार्टी पुरानै गतिमा अघि बड्न सक्छ । पार्टीलाई राम्रो बनाउन केही कुरामा नेतृत्वले ध्यान दिनुपर्ने छ ।

पार्टीलाई संघीय संरचनाका आधारमा पुनर्गठन गर्नुपर्छ :

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाली कांग्रेसका आन्तरिक संगठनको ढाँचा पनि संघीय संरचानका आधारमा जान नसक्नु पार्टीको कमजोरी हो । पार्टीका आन्तरिक संरचानलाई जतिसक्दो चाँढो संघीय संरचनामा लैजानुपर्छ । निर्वाचनअगाडि नै पार्टीलाई त्यो संरचानमा लैजानुपर्ने थियो, सकेनौँ । त्यसको केही असर गएको निर्वाचनमा पार्टीले भोगेको हार पनि हो । यसलाई वेलैमा आत्मसात गर्न सकेनौँ भने पार्टी अझै कमजोर बन्नेछ । यसबारे नेतृत्वको ध्यान जानु आवश्यक छ । यस्ता कुरामा तत्कालै चिन्ता लिएर मात्र हुँदैन ।

कांग्रेसका सांगठनिक ढाँचाहरू अहिले पनि पुरानै संरचनाका आधारमा छन् । त्यसलाई समयअनुसार र नयाँ संरचनामा लैजान सकिएको छैन । यसले कार्यकर्तामा संरचनागत अन्योल बढाएको छ । हिजोका संगठनहरू आज कुन प्रदेश, अञ्चल वा क्षेत्रमा रहन्छन्, यो प्रस्ट छैन । यसमा सुधार र विकास दुवैको खाँचो छ । संगठनका संरचना बलिया र भरपर्दा बनाउन सकिएन भने हिजोका जस्तै भोगाइ भोलिका दिनमा पनि पार्टीले भोग्नुपर्ने हुन सक्छ । यसमा सबैले चिन्ता र चासो लिएका छन् ।

निर्वाचनपछि कांग्रेसमा विधान, पद्धति र नेतृत्वबारे निकै बहस भएका छन् । यी स्वाभाविक वहस र टिप्पणी हुन् । पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाजस्तो महत्वपूर्ण निर्वाचनमा कैयौँ विषयलाई उचित रूपमा उठाउन र उचिन ढंगले जनताबीच लान सकेन । त्यसैका कारण नेपाली कांग्रेसले निर्वाचनमा सोच्दै नसोचको परिणाम भोग्नुप¥यो । नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेस आज यो अवस्थामा पुगेको छ । वेलैमा विचार पु¥याएनौँ भने अझै तल झर्नुपर्ने हुन्छ ।

 

निर्वाचनमा मोर्चा बनाउने सवालमा कमजोरी भयो :
पार्टीभित्र आन्तरिक छलफल र बहसविनै निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका नाममा गरिएको तालमेलले पार्टीलाई हित पु¥याउन सकेन । पार्टी तलसम्म आफ्नो अवस्था र गठबन्धन गरिएको पार्टीहरूको अवस्थाबारे सूक्ष्म रूपमा अध्ययन र विश्लेषण गर्ने सवालमा पार्टी नेतृत्व चुकेको छ । यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ र आगामी दिनमा यस्ता कुरामा कसरी योजना बनाउन भनेर विचार पु¥याउनुपर्छ ।

गठबन्धनले जे–जति फाइदा पुग्नुपर्ने थियो, पु¥याउन सकेन । यसबारे अहिलेसम्म पार्टीमा समीक्षा भएको छैन । यस्ता कुरामा पार्टीभित्र व्यापक बहस, छलफल र समीक्षा हुनुपर्छ । यस्तै कुराहरूबाट पाठ सिक्दै विगतको समीक्षा र आउने दिनको योजना बनाउनुपर्छ । निर्वाचनमा कस्तो मोर्चा बनाउने र कसरी जाने भन्ने सवालमा विचार पु¥याउन सकिएन । लोकतान्त्रिक गठबन्धनका नाममा उपयुक्त गठबन्धन गर्न नसकेको हो । त्यसको असर कैयौँ स्थानमा देखियो र भोगियो पनि ।

नेतृत्वले कार्यकर्ताको भावना बुझ्न नसक्नु ः पार्टीले तल्लो तहका कार्यकर्ता र कांग्रेसका समर्थक, शुभचिन्तकको भावना बुझ्न सकेन । जनता अहिले पनि नेपाली कांग्रेसप्रति विश्वास गर्छन् । जनताको विश्वास र भरोसालाई सम्मान गरेर निर्वाचनमा योजना बनाउन सकिएको भए पार्टी यो अवस्थामा पुग्दैनथ्यो । यसमा नेतृत्वले कमजोरी गरेको छ । यसलाई समयमै सच्याउनुपर्छ ।

त्यसो गर्न सकिएन भने जनताले पार्टीप्रति गरेको भरोसा टुट्छ र पार्टी अझै कमजोर बन्छ । पार्टीले कार्यकर्ता र शुभचिन्तकको भावना टुट्न दिनुहुँदैन । जनताको विश्वास गुमाइयो भने त्यसलाई पुनः प्राप्त गर्न गाह्रो हुन्छ । पार्टीभित्र दोस्रो पुस्तामा देखिएका कैयौँ असन्तुष्टिलाई पनि पार्टीले वेलैमा सम्बोधन गर्न सकेन भने समस्या बढदै जानेछ । उठेका आवाजमा कैयौँ सकारात्मक र उपयुक्त कारणहरू छन्, यसलाई सम्बोधन गरी निकास खोज्नु जरुरी छ ।

 

निर्वाचनमा वाम गठबन्धनका भ्रम चिर्न नसक्नु:
गएको निर्वाचनमा पार्टीले वाम गठबन्धनका तर्फबाट प्रचार गरिएका भ्रमहरूलाई चिर्न सकेन । त्यो पनि पार्टीले हार व्यहोर्ने एक कारण हो । वाम गठबन्धनका तर्फबाट पार्टीविरुद्ध अनेक प्रचारबाजी भए । त्यसको उचित रूपमा प्रतिवाद र यी भ्रम हुन् भनेर जनताका बीचमा जसरी लैजानुपर्ने थियो, त्यो गर्न सकेनौँ । जनतालाई सचेत पार्नुपर्ने थियो ।

यस्ता कुरा जनातका बीचमा लान नसकेका कारण कांग्रेसले निर्वाचनमा आफ्नो मत सुरक्षित गर्न सकेन । निर्वाचनमा उपयुक्त योजना बनाउन नसक्नु र विरोधीलाई राम्रोसँग बुझ्न नसक्नु पनि हारको अर्को कारण हो । यस्ता धेरै कुराहरूमा विचार पु¥याउन नसक्दा पुरानो प्रजातान्त्रिक पार्टी यो अवस्थामा आइपुगेको छ ।

अब नेपाली कांग्रेसले आफ्नो इतिहास र बिरासत जोगाउनका लागि आन्तरिक र बाह्य रूपमा पार्टीलाई बलियो बनाउनु आवश्यक छ । हिजोका कमजोरीलाई शिक्षाका रूपमा दिँदै पार्टी बलियो बनाउनु सबै कांग्रेस शुभचिन्तकको साझा दायित्व हो । यसमा पहिलो कुरा नेतृत्वले पार्टीलाई विधानअनुसार चलाएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । विधानमा उल्लेख भएका सबै कुरालाई अक्षरसः पालना गर्ने काम नेतृत्वले गर्नुप¥यो । नेतृत्वले सबैलाई समेटेर सामूहिक विचारका आधारमा चल्ने साझा पार्टी बनाउनुपर्छ । त्यसो गर्न सकिएन भने आन्तरिक समस्या र अविश्वासले पार्टीलाई कमजोर बनाउँछ ।

प्रशिक्षणको अभावमा पार्टी कार्यकर्तामा कैयौँ अन्योल छन् । त्यसलाई अन्त्य गर्न समय–समयमा भेला, प्रशिक्षण र आन्तरिक बहस हुनुपर्छ । यसले पार्टीलाई बलियो बनाउन मद्दत पु¥याउँछ । तर, पार्टीले लामो समयदेखि कार्यकर्र्तालाई प्रशिक्षण दिन सकेको छैन । यसले पार्टीमा के हुँदै छ र पार्टी कसरी अगाडि बढ्दै छ भन्ने अन्योल छाउँछ । त्यो अन्योललाई चिर्दै पार्टी यो लाइनका साथ अघि बढ्दै छ भन्ने बुझाउन सक्नुपर्छ । कांग्रेसका सबै नेता र कार्यकर्ताले बोल्ने विचार एउटै हुने गरी पार्टी चल्नुपर्छ ।

 

राष्ट्रियताका मुद्दामा प्रस्टता:
राष्ट्रिय मुद्दामा प्रस्ट धारणा बनाएर आमकार्यकर्ताका बीचमा लैजाने कुरामा पार्टीले ढिलो गर्नुहुँदैन । यो निर्वाचनका वेला पनि हुनुपर्ने थियो, हुन सकेन । यसले कार्यकर्तामा अन्योल बढाउँछ । पार्टीभित्र रहेको अन्योललाई समाप्त पारेर सबै कांग्रेसले एउटै आवाज बोल्ने र विधान तलदेखि माथिसम्म बस्ने सबैले पालना गर्ने गरी पार्टी चल्नुपर्छ । यसले कांग्रेसलाई दरिलो र भरिलो बनाउनेछ ।

चमिना भट्टराईसँग गरिएको कुराकानीमा आधारित

 

प्रतिक्रिया