काठमाडौं । कर्णाली जलस्रोत लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ शनिबार सम्पन्न सभाले कम्पनीको वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले ६ मेगावाटको ‘माथिल्लो चौरी खोला साना जलविद्युत् आयोजना’ को नेपाल विद्युत प्राधिकरणसँग विद्युुत खरिद बिक्री सम्झौता (पिपिए) गरिसकेको अध्यक्ष लोकबहादुर रावतले बताए ।
त्यस्तै, कम्पनीको प्रबन्धक निर्देशक अमर नारायण मालीले अब कम्पनीको मुख्य ध्यान माथिल्लो चौरी खोला आयोजनाको वित्तिय व्यवस्थापनमा रहेको बताए । कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी ‘हिमालय वाटर रिसोर्सेच एण्ड इनर्जी डेभलपमेन्ट’ को नाममा रहेको आयोजनाको विस्तुत परियोजना विकास अध्ययन प्रतिवेदन (डीपीआर) र वित्तीय व्यवस्थापनको काम अगाडि बढेको कम्पनीको वार्षिक प्रतिदेनमा उल्लेख छ ।
त्यसैगरी, कम्पनीले म्याग्दीको राहुगंगा गाउँपालिका–८ कुइनेमंगलेको खोलामा ४ दशमलव २ मेगावाट ‘स्यानो खोला जलविद्युत आयोजना’को सर्भे इजाजात आफ्नो नाममा लिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया