एजेन्सी मड्रिड । स्पेनिस टेनिस स्टार रफाइल नाडलले ब्रिस्बेन इन्टरनेसनल गुमाउने भएका छन् । घुँडामा चोटका कारण नाडलले ब्रिस्बेन इन्टेरनेसनल गुमाउने भएका हुन् । विश्व नम्बर–१ नाडलले यसअघि नै दुबईको आबुधावीमा यसै साता हुने मुबादला वल्र्ड टेनिस च्याम्पियनसिपबाट आफ्नो नाम फिर्ता लिइसकेका थिए । यद्यपि, नाडलले अस्ट्रेलियन ओपन खेल्ने बताएका छन् । ‘म अहिले खेल्नका लागि पुर्ण रुपमा तयार छैन । मैले आफ्नो तयारी पनि ढिलो गरे । ’ ३१ वर्षीय स्पेनिस नाडलले भने ।
अर्का विश्व स्टार रोजर फेडेररले यस वर्षको प्रदर्शन सामान्य रहे पनि आगमी वर्ष उत्कृष्ट गर्ने बताएका छन् । ३६ वर्षीय स्विस स्टार अहिले अस्ट्रेलियाको पर्थमा होपम्यान कप खेल्न पुगेका छन् । उनले यस सिजन अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि आफ्नो बनाएका थिए । ‘म आफ्नो तर्फबाट राम्रो नै गर्नेछु । साथै उत्कृष्ट खेल्ने मेरो सकंल्प छ । तयारी पनि राम्रो छ । हेरौँ के हुन्छ ।’–उनले थपे । अस्ट्रेलियन ओपन आगामी १५ जनवरीदेखि सुरु हुनेछ । गत सिजनको अस्ट्रेलियन ओपनको फाइनलमा फेडेररले नाडललाई पाँचौँ सेटमा जित निकाल्दै उपाधि आफ्नो बनाएका थिए ।
उनी आगामी सिजनको अस्ट्रेलियन ओपनको तयारीका लागि जनवरीको सुरुआतमै अस्ट्रेलिया आउने सोचमा छन् । नाडलले पनि आफ्नो असेस फ्यानका लागि आफू छिट्टै अस्ट्रेलिया जाने बताएका छन् । उनले आफू चौथोपटक मेलबर्नमा आउने र प्रतियोगिताको तयारी गर्ने प्रतिक्रिया दिए । ब्रिटेनका स्टार एन्डी मुर्रेले भने अर्को हप्तादेखि हुने ब्रिस्बेन इन्टरनेसनलबाट टेनिस कोर्टमा कम ब्याक गर्दै छन् । मुर्रे गत विम्बल्डनदेखि चोटका कारण टेनिस कोर्ट फर्केका छैनन् ।
प्रतिक्रिया