काठमाडौं, १२ पुस । वाम गठबन्धनले सरकारलाई राष्ट्रियसभा अध्यादेश फिर्ता लिन आग्रह गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ओली निवास बालकोटमा बुधबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यादेश फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ ।
अध्यादेश फिर्ता भए नयाँ सरकार गठनमा सहज हुने ओली र दाहालको धारणा छ । भेटमा पार्टी एकता विषयमा छलफल भएको थियो ।
आफूहरुको केही दिन भेट नहुँदा एकताबारे गलत टिप्पणी भएको उल्लेख गरेका थिए । अध्यक्ष दाहाल ओलीलाई भेट्न दिउँसो १ बजे बालकोट पुगेका थिए ।
ओली र दाहालबीच धेरै दिन भेट नहुँदा एमाले र माओवादी केन्द्रबीचको एकता बारे विभिन्न टिप्पणी भइरहेको थियो । ओली र दाहालबीच भएको भेट विहीबार फेरि बस्ने गरी टुंगिएको थियो ।
प्रतिक्रिया