महिला मृत अवस्थामा फेला

रुकुम, ४ पुस । बाँफिकोट गाउँपालिकामा एक महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

बाँफिकोट गाउँपालिका-५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुङ्गानाले जानकारी दिए ।

मृतक जैसीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया