अध्यक्ष ओलीसहित एमाले नेताहरु चिनियाँ नाका टिमुरेमा

काठमाडौं, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिनियाँ नाका अवलोकनका लागि रसुवाको टिमुरे पुगेका छन् ।

महासचिव ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य शकर पोखरेल, सुवास नेवाङलगाएतका नेतालाई साथमा लिएर अध्यक्ष ओली टिमुरे पुगेका हुन्।

तीन वटा हेलिकप्टर लिएर एमाले नेताहरु भ्रमणमा निस्किएका हुन् ।

चीनसँग जोडिएका हिमाली क्षेत्रको नाका अवलोकन गर्न उनीहरु गएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया