सरकारी अनुमति नलिइ चलाएका पाँच ड्राइभिङ सेन्टरमा सिल

काठमाडौं, ३ पुस । ड्राईभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको छ । ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेको भेटिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतवार पाँच वटा ड्राइभिङ सेन्टर बन्द गरेको छ । विभागले आठ वटा ड्राइभिङ सेन्टर अनुगमन गरी पाँच वटामा सिल गरेको हो ।

सम्बन्धित निकायमा दर्ता नगरिएको, सञ्चालन अनुमति नलिएको भेटिएपछि विभागले त्यस्ता ड्राइभिङ सेन्टरमा सिल गरेको हो ।

बिना अनुमति सञ्चालन गरेको पाइएपछि विभागले आइतवार काठमाडौंको सानेपामा सञ्चालित युटर्न ड्राइभिङ इन्सटिच्यूट, धोबीघाटको महालक्ष्मी ड्राइभिङग इन्सटिच्यूट र मेगा ड्राइभिङग इन्सटिच्यूट सिल गरेको छ ।

त्यस्तै, विभागले राधेराधे भक्तपुरको पर्फेक्ट भेहिकल्स स्कुल एण्ड ईईन्टरप्राईजेज र काठमाडौं तीनकुनेको एन्जल मोटर ड्राइभिङग ट्रेनिङग सेन्टरमा पनि सिलबन्दी गरेको छ ।

‘ड्राइभिङ सेन्टर सञ्चालनका लागि यातायात व्यवस्था विभाग वा त्यसअन्तर्गतका यातायात कार्यालयबाट अनुमति लिनुपर्छ ।

प्रतिक्रिया