निर्जीवनको अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौ । निर्जीवन बिमा कम्पनीहरूमा लगानी गर्ने व्यवसायीहरूको छाता संगठन नेपाल निर्जीवन बिमा व्यवसायी संघको पहिलो र दोस्रो संयुक्त साधारणले राजेन्द्र मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न साधारणसभाले प्रभु इन्स्योरेन्सका राजेन्द्र मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल, महासचिवमा नेको इन्स्योरेन्सका रमेशकुमार निरौला, कोषाध्यक्षमा युनाइटेड इन्स्योरेन्सका विजयबहादुर श्रेष्ठ र तीन जना सदस्यहरूमा क्रमशः हिमालयन जनरल इन्स्योरेन्सका महेन्द्रकृष्ण श्रेष्ठ, सिद्धार्थ इन्स्योरेन्सका पवन अग्रवाल र प्रिमियर इन्स्योरेन्सका बालकृष्ण श्रेष्ठलाई चयन गरिएको संघले जनाएको छ ।

साधारणसभाले आगामी दुई वर्षका लागि सर्वसम्मतिबाट कार्यसमितिको चयन गरेको हो । साथै, साधारणसभाले अध्यक्षको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आय–व्यय विवरण पारित गर्नुको साथै आव ०७४÷७५ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ । संघमा इन्स्योरेन्स कम्पनीका अध्यक्ष वा सञ्चालकहरूको प्रतिनिधित्व रहनेछ ।

प्रतिक्रिया