रंग‍-विविध

कोरियाली चलचित्रमा जनताको जीवनस्तर

सौर्य अनलाइन २०७४ मंसिर २८ गते १७:४२ मा प्रकाशित

पोखरा, २८ मंसिर । पर्यटकीय नगरी पोखरामा दोस्रो कोरियाली चलचित्र महोत्सव सम्पन्न भएको छ ।

दक्षिण कोरियामा कसरी विकास भयो र कोरियालीको जीवनस्तर कसरी अगाडि बढ्दैछ भन्ने सन्देश दिने दुई चलचित्र प्रदर्शन गरिएको नेपाल कोरिया मैत्री संघका अध्यक्ष मदन केसीले जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क योङ सिकले नेपाल पर्यटकीय सम्भावना बोकेको मुलुक रहेको बताउँदै पोखरामा कोरियाली पर्यटक भित्रयाउन आफूले पहल गर्ने बताए ।

पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले कोरिया र नेपालबीचको सम्बन्धलाई कायम राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय