डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

झापा, २७ मंसिर । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले बुधबारदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ ।

कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टसँगको संयुक्त लगानीमा अर्जुनधारा-८ स्थित पूर्वाद्र्ध कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मोही, घ्यू, पनिर, आइसक्रिम लगायतका दूधजन्य सामग्री उत्पादन शुरु गरिएको संस्थाका अध्यक्ष कमलबहादुर भण्डारीले बताए ।

उद्योगबाट दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायत उत्पादन भइरहको छ । दूध प्रतिप्याकेट रु ३५, दही रु ४५, मोही रु २०, घ्यू रु ३५०, पनिर रु २७५ र आइसक्रिम प्रतिप्याकेट रु १९० मा बिक्री भइरहेको छ ।

सो उद्योग स्थापना गर्न हालसम्म रु तीन करोड ५० लाख खर्च भएको बताइएको छ ।

प्रतिक्रिया