‘वाम गठबन्धन हाँस र कुखुराको जस्तो मिलन’

एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनका प्रतिस्पर्धी छन्, कांग्रेस नेता डा. खगेन्द्र अधिकारी । चुनावी प्रचारमा व्यस्त रहेका अधिकारी पूर्वप्रधानमन्त्री केपी ओलीलाई एक मतले भए पनि जित्ने कुरामा ढुक्क रहेको बताउँछन् । साथै, उनले वाम गठबन्धनलाई हाँस र कुखुराबीचको मिलनका रूपमा तुलना गरेका छन् । उनै डा. खगेन्द्र अधिकारीसँग सौर्य दैनिकका लागि केपी अधिकारीले गरेको संवाद ः

चुनावी प्रचार अभियान सुरु गर्नुभएको छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हाम्रो चुनावी प्रचार अभियान एकदम उत्साहका साथ अगाडि बढिरहेको छ । सम्पूर्ण चुनाव प्रचारप्रसार समितिहरू गठन भएका छन् । तल्लो प्रदेश र माथिल्लो प्रदेशको गरेर दुई तहको चुनावी प्रचारप्रसार समिति गठन भइसकेको छ । त्यसको मूल स्टेरिङ कमिटी, जुन निर्देशन समिति हुन्छ, त्यसको निर्देशन आदरणीय हाम्रा गुरु पूर्णानन्द सरले गर्नुभएको छ । र, उहाँको नेतृत्वमा सम्पूर्ण पार्टीका अग्रज नेताज्यूहरू एकताबद्ध भएर रहनुभएको छ । र, चुनावी अभियान गाउँगाउँसम्म अत्यन्त द्रुत गतिका साथ अगाडि गइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तपाईँको चुनावी प्रतिस्पर्धा हुँदै छ, कसरी लिनुभएको छ ?
मैले यसलाई अत्यन्त सहज रूपमा लिएको छु । यो प्रतिस्पर्धा एमाले अध्यक्ष ओली र मेरो होइन । यो प्रतिस्पर्धा एमालेसँगको एउटा वामपन्थी गठबन्धन र एउटा कांग्रेसको नेतृत्वमा भएको लोकतान्त्रिक गठबन्धनबीचको प्रतिस्पर्धा हो जस्तो लाग्छ मलाई । त्यसको प्रतिनिधि पात्रका रूपमा एउटा म रहेको छु भने अर्को प्रतिस्पर्धी पात्रका रूपमा एमाले अध्यक्ष रहनुभएको छ । यसलाई मैले अत्यन्त सहज रूपमा लिएको छु । र, जनताको आशा विश्वास र भरोसाबाट विजयी हुने कुरा हो । मैले कुनै अप्ठेरो महसुस गरेको छुइन । एकदम सहज रूपमा लिएको छु, आत्मविश्वासका साथ लिएको छु र विजयी हुन्छु भन्ने कुरामा म निश्चिन्त छु ।

झापा क्षेत्र नम्बर–५ मा आप्mनो जित कसरी सुनिश्चित छ भन्नुहुन्छ ?
झापा क्षेत्र नम्बर–५ का जनता अत्यन्तै सचेत नागरिक हुनुहुन्छ । यो निर्वाचनको दौरानमा म आप्mना कुराहरू उहाँहरूलाई बुझाइरहेको छु । लोकतन्त्र र प्रजातन्त्रलाई बचाउनुपर्छ भन्ने पक्षमा मैले आप्mनो अभियान चलाएको छु । वामपन्थी सर्वसत्तावादबाट अब मुलुकलाई बचाउनुपर्छ, जुन कुराचाहिँ उहाँहरूले पनि स्विकारेको विषयवस्तु हो । २०४६ सालमा प्रजातन्त्र ल्याउँदा मालेलगायत अन्य वाम घटकहरू कांग्रेसको नेतृत्वमा आए, अनि प्रजातन्त्रको पुनःस्थापना भएको हो । ०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा एमाले, अहिलेको माओवादी केन्द्र पनि कांग्रेसको नेतृत्वमा सहभागी बन्यो र लोकतन्त्र आएको हो । त्यसैले लोकतन्त्रको पक्षमा सम्पूर्ण देश छ । उहाँहरू पनि हुनुहुन्थ्यो, तर अहिले हामी अर्को बाटो, यो संसदीय व्यवस्थाको पनि विकल्प छ है भन्नेजस्ता अभिव्यक्ति, दश वर्षभित्र साम्यवादतर्पm लक्षित हुने बाटो तय गरिसकेका छौँ भनेर उहाँहरू लागि रहनुभएको छ । त्यो कुराले गर्दा जनता विचलित भएका छन् । लोकतन्त्रप्रति जनताको अत्यन्त ठूलो भरोसा छ । र, यो निर्वाचनलाई मैले लोकतन्त्र र वामपन्थी सर्वसत्तावादबीचको लडाइँका रूपमा लिएको छु । यो निर्वाचन अत्यन्त सहज ढंगले गइरहेको छ । जनताको माझ म मेरा कुराहरू बुझाउन गइरहेको छु । जनताका माझमा मैले भनिरहेको छु, एउटा पार्टीलाई संकट परेको खण्डमा म आप्mनो सुखसयलका कुराकानीलाई त्याग गरेर, मैले मेरो १७ वर्ष लामो प्राध्यापन पेसालाई छोडेर, म जनताको नोकर हुन आएको छु । सरकारको नोकर थिएँ, जनताको नोकर हुन आएको छु, तपाईँहरू मलाई नोकर राख्नुहुन्छ कि राख्नुहुन्न ? भनेर मैले प्रश्न गर्ने गरेको छु । जनताका माझमा यी सम्पूर्ण कुराहरू पु¥याइसकेपछाडि उहाँहरूले कुरा बुभ्mनुहुन्छ । त्यसपछि उहाँहरूले लोकतन्त्रका पक्षमा र हाम्रो पक्षमा मतदान गर्नुहुन्छ भन्ने कुरामा म अत्यन्त विश्वस्त छु ।

झापा क्षेत्र नम्बर–५ का जनताले तपाईँलाई मतदान गर्नुपर्ने आधारहरू के छन् ?
झापा क्षेत्र नम्बर–५ का जनताले भोट गर्ने भनेको यहीँका मात्र सीमित विषयवस्तुको एजेन्डा हेरेर होइन । यहाँका जनताले कांग्रेसको प्रतिनिधिका रूपमा मलाई भोट हाल्नुपर्ने कारणहरू भनेको– केपी शर्मा ओली यहाँबाट धेरैपटक विजयी भएर जानुभयो । उहाँले एकचोटी त यो क्षेत्र छोडेर जानुभएको हो । अर्को क्षेत्रलाई उहाँले रोज्नुभयो, अर्को क्षेत्रलाई बढी माया गर्नुभयो, यो क्षेत्रलाई उहाँले छोड्नुभयो । उहाँ यहाँको स्थायी बासिन्दा हुनुहुन्थ्यो, त्यसलाई पनि उहाँले भक्तपुरमा सार्नुभयो । म भनेको यही क्षेत्रमा जन्मी, हुर्की, बढी, पढी यहाँबाट सधैँ राजनीति गरेको मान्छे हुँ । म ०४८ सालदेखि राजनीति गरेको मान्छे । मलाई यहाँका जनताले अत्यन्त माया गरेका छन् । यो युवा व्यक्तित्व हो, दुईचार अक्षर पढेको व्यक्तित्व हो र, उसलाई चाहिँ हामीले भोट दिनुपर्छ । योचाहिँ त्याग गरेर आएको व्यक्ति हो भनेर क्षेत्र नम्बर–५ का जनताले लिएको मैले बुझेको छु ।

चुनावी अभियानमा लागिरहँदा के आँकलन गर्दै हुनुहुन्छ ? केपी शर्मा ओलीलाई कति मतान्तरले जित्नुहुन्छ ?
अहिले नै तपाईँ हेर्नुहुन्छ भने, मौजुदा अवस्थामा म केपी ओलीभन्दा एक मतले अगाडि छु, जसको मैले कारण दिएको छु । के भनेदेखि, प्रारम्भिक चरणमा मानौँ जनताले उहाँलाई र मलाई आधाआधा भोट देलान् । अनि उहाँले यो क्षेत्रबाट चाहिँ भोट नै हाल्न पाउनुहुन्न, उहाँ यहाँको मतदाता नै होइन । म यहाँको मतदाता हो, एक भोट त अहिले पनि मेरो बढी छ । निर्वाचनमा मैले मेरो कुरा जनतालाई भन्दै जाँदा, बुझाउँदै जाँदा, देशको समग्र विकासमा मेरो आप्mनो दृष्टिकोण भन्दै जाँदा यो अन्तर बढ्दै गएर ठूलो अन्तर पर्न सक्छ भन्ने मलाई लागेको छ ।

स्थानीय तहको नतिजालाई हेर्ने हो भने त क्षेत्र नम्बर–५ मा वाम गठबन्धनसँग भारी मतान्तर देखिन्छ नि, यसलाई कसरी लिनुभएको छ ?
अब यो तपाईँहरूले राम्रोसँग विश्लेषण गर्नुहोस् । गौरीगञ्ज गाउँपालिका हामीले बहुमतसाथ जितेका छौँ । गौरादहमा लामो समयदेखि उहाँहरूको लाल किल्ला, त्यहाँ हामी विजयी भएका छौँ । लखनपुरलाई उहाँहरूले झापाको रेड जोनका रूपमा परिभाषित गर्नुहुन्थ्यो, त्यहाँ पनि हामी गोलामा मात्र पराजित भएका हौँ । दमकमा उहाँहरू विजयी बन्नुभएको छ । यहाँ हाम्रो आन्तरिक कुराहरू मिल्न सकेको थिएन । त्यसले, पनि थोरै असर ग¥यो । तर, तपाईँ हेर्नुहोस् न, समग्र भोटमा उहाँहरूको कति प्रतिशत छ । उहाँहरूको ५० प्रतिशतमाथि त नाघेको छैन । मैले आँकडा हेर्दा उहाँहरूले २५ प्रतिशत मत पाउनुभएको छ । धेरै उम्मेदवार भएका कारण भोट बाँढिएको छ । त्यसले गर्दा उहाँहरूको पनि बलियो अवस्था यहाँ विलकुल होइन ।

थप कुरा के भने लोकतान्त्रिक गठबन्धनमा राप्रपा पनि सहभागी भएको हो । लोकतन्त्रको पक्षपोषण गर्ने पार्टीका रूपमा त्यो आउन खोजिरहेको छ । त्यो पार्टीका अधिकांश मतदाताले चाहिँ कांग्रेसको पक्षमा मतदान गर्नुहुनेछ । किन, झापा जिल्लाका निम्ति मात्र हो लोकतान्त्रिक गठबन्धन ? त्यो त विलकुल होइन । सारा राप्रपाका कार्यकर्ताले लोकतान्त्रिक गठबन्धनको पक्षमा हामी छौँ भनेर भनिरहेका छन् । यो मावा खोलाबाट पूर्व आएपछि यो कायम हुँदैन ? उहाँहरूकै अध्यक्ष कमल थापाले भनिरहनुभएको छ । देश संकटमा पर्न आँटेकाले कांग्रेसको सरकारमा गयौँ, लोकतान्त्रिक गठबन्धनमा सामेल भयौँ भनेर भनिरहनुभाछ । के उहाँको निर्णय यहाँ लागू हुँदैन त ? पक्का पनि हुन्छ । माओवादीभित्र पनि उहाँहरूको सिटको तालमेल मात्र हो । आपूm कति सिट लिने, आपूm कसरी जित्ने, के गर्ने भन्ने मात्र हो । उहाँहरूको बीचमा हाँस र कुखुराको जस्तो एकता भइरहेको छ । हाँसको चल्ला र कुखुराको चल्लाका बीचमा एकता भइरहेको छ । अब यी दुवै चल्ला कुखुरीले चराउँछे, तर पोखरीको छेउमा पुगेपछि हाँसका चल्ला पोखरीतिर जान्छन् । अब त्यो दिन चाहिँ २१ मंसिरमा आउँछ । त्यसैले, विजयका आधारहरू प्रशस्त छन् ।

 

प्रतिक्रिया