राष्ट्रपति भण्डारी पतिको गाउँमा

bidhya-bhandri-dhungesaguकाठमाडौं, १० कात्तिक । राष्ट्रपति बिद्यादेवी भण्डारी गृहजिल्ला ताप्लेजुङ शुक्रबार स्वर्गीय पति मदन भण्डारी जन्मिएको गाउँमा नागरिक अभिनन्दनका लागि ढुङ्गेसाँघुमा पुगेकि छिन् ।

शुक्रबार बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेकि भण्डारीलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी मोनबहादुर जिसी, बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीसहित नयाँ रणभीम गुल्मका गुल्मपति रबि केसीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीको कार्यक्रम काठमाडौंबाट पाथीभरा जाने भएपनि मौसममा आएको परिवर्तनले राष्ट्रपति सवार हेलिकप्टर उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकनका लागि त्यसतर्फ गइ ब्यारेकमा अवतरण भएको थियो ।

भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले ताप्लेजुङको पर्यटकीय स्थल गोला र घुन्सा क्षेत्रको अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया