वीरगञ्जलाई आधुनिक सहर बनाउछु : अजय द्विवेदी, मेयरका उम्मेदवार कांग्रेस

अगामी २ असोजमा हुन गइरहेको २ नम्बर प्रदेशकोे तेस्रो चरणको स्थानीय निर्वाचनमा प्रदेशकोे एक मात्र महानगर वीरगञ्जमा सबैको ध्यान आकृष्ट भएको छ । महानगरपालिकामा सांसद भइसकेका, खेलाडी र सांसदको निर्वाचनमा लडेका एकसेएक धनाढ्यहरू उम्मेदवार बनेकाले पनि सबैको ध्यान खिचिएको हो । एकसेएक उम्मेदवार मध्ये पनि देशका ठूला पार्टी कांग्रेस र एमालेका उम्मेदवार चर्चाको शिखरमा छन् । यीनै मध्येका  कांग्रेसका जिल्ला सभापति तथा वीरगञ्ज महानगरका मेयरका उम्मेदवार अजय द्विवेदीसंग सौर्य दैनिकका लागि तिवारी यादवले गरेको संवाद ः

                                                                    ajay dwibedi

वीरगञ्ज महानगरपालिकाको मेयरमा लडदै हुनुहुन्छ ? तपाईंलाई नै वीरगञ्जवासीले किन मतदान गर्ने ?
कांग्रेस एक मात्र यस देशको भरोसायोग्य र जनताले पत्याएको पार्टी हो । साथै म कांग्रेसको वीरगञ्ज महानगरपालिकाको उम्मेदवार भएकोले भोट दिने हो । किनभने कांग्रेस मात्र एउटा पार्टी हो जसले वीरगञ्जजस्तो ठाउँको विकास गर्न सक्छ ।

साथै अजय द्विवेदीले मात्र वीरगञ्जको विकास गर्न सक्छ । वीरगञ्जमा जति उम्मेदवार छन, तीमध्ये अनुभवको दृष्टिकोणले, भिजनको दृष्टिकोणले, समर्थनका दृष्टिकोणले र गर्न सक्ने साहस तथा एजेन्डाको दृष्टिकोणले पत्याउन लायक मान्छे अजय मात्रै हो । सहरको विकासका लागि समृद्ध सहर, स्वस्थ्य सहर, सक्षम सहर बनाउन लागि कांगे्रसको सोच अनुसार विकास गर्नलाई मलाई पार्टीले मेयरको उम्मेदवार बनाएको हो ।

वीरगञ्जको महानगरपालिको विकासका लागि तपार्इंको एजेन्डा के के हुन् ?
यो ठूलो कुरा हो हाम्रो एजेन्डाहरू पार्टीको घोषणा पत्रको रूपमा प्रस्तुत गरेका छौँ । वीरगञ्ज अब महानगरपालिका भइसक्यो । पहिलेको वीरगञ्जभन्दा ३ गुणा ठूलो भइसक्यो । पहिलेभन्दा अहिलेको वीरगञ्जको एजेन्डा फरक भइसक्यो । अहिलेको एजेन्डामा कृषि र कृषक प्रमुख एजेन्डाको रूपमा आइरहेको छ । गाउँलाई विकसित बनाउनु छ, पुरानो सहरलाई विकसित सहर बनाउनु छ । हामी गाउँलाई सहर बनाउँदै महानगरसम्म बनाउनु छ भने पुरानो अविकसित सहरलाई महानगरपालिको रूपमा अगाडि लैजानु छ । आउने दिनमा वीरगञ्जको योजना बनाउँदा बढो रोचक ढंगको योजना बन्छ, गाउँलाई नगर बनाउने र नगरलाई महानगर बनाउने योजना बनाउनुपर्छ ।

वीरगञ्ज महानगरपालिकाको विकासका लागि तपाईंको योजना के के छ ?
जुन नयाँ वडाहरू वीरगञ्जमा थपिएका छन् । तिनीहरूलाई सहरसँग जोडने योजना ल्याउनै पर्छ । गाउँलाई सहरसम्म जोडन सकेनौँ भने त्यसको विकास हुन सम्भव छैन । त्यसैले मेरो नारा नै छ, ‘पुरानो सहरको सुधार नयाँ सहरको निर्माण ।’ पुरानो सहरको हामी सुधार गर्छौं । सडक यातायात, शिक्षा, स्वास्थ्यलगायत भाषा, संस्कृति लगायतमा सुधार गर्नेछौँ । वीरगञ्जलाई फिल्म सिटी बनाउन पहल गर्नेछाँै । हाम्रा सांस्कृतिक धरोहरका संरक्षण गर्ने हाम्रो योजना रहेको छ । साथै वीरगञ्ज एउटा ठाउँ राष्ट्रमा मात्र होइन अन्तर्राष्टिय जगतमा चिनिएको ठाउँमा हो । यहाँ विकास गर्ने मान्छे र विकासको आवश्यकता रहेको छ । त्यसकारण यहाँका जनता पनि विकास गर्ने मान्छे नै खोज्दै छन् ।

तपाईं सांसद पनि भइसकेको मान्छे ? अनि तपार्इं नै वीरगञ्जको मेयरको उम्मेदवार, पार्टीमा अरू कोहीे छैनन् ?
कांग्रेस एउटा यस्तो पार्टी हो, जुन पार्टीका नेताले देश चलाइरहेका छन् । मेयरको लागि त कुरै नगर्नुस् । म पार्टीको एउटा इमानदार सिपाही हुँ । ममाथि पार्टीको विश्वास छ । वीरगञ्जको विकासको निमित्त योग्य देखेर नै पार्टीले मलाई मेयरको उम्मेदवार बनाएको हो । ममाथि पार्टीले गरेको यो विश्वासलाई म जितेर साकार बनाउनेछु ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदमा तपार्इं त्यसो भए जित्नुहुन्छ ?
वीरगञ्ज महानगरपालिकाको मेयर पदमा पहिले पनि कांगेसले जितेको हो । कांग्रेसले वीरगञ्ज महानगरपालिकालाई विकासमुखी बनाउने भएकाले मलाई विश्वास छ म विजयी हुन्छु ।

प्रतिक्रिया