नाडा अटो सोमा सनसाइन स्कुल बस

Sunshine school Busकाठमाडाैं १३ भदौ । नाडा अटो सो ०७४ मा आई.एम.ई ग्रुप अन्तर्गतको सवारीसाधनको कारोबार गर्ने एक भगिनी संस्था आई.एम.ई. मोटर्सले अशोक लेलैन्ड ब्रान्डका स्कुल बस को प्रदर्शनी गरेको छ । यस अटो सोमा सनसाइन स्कुल बस प्रदर्शनीमा राखिएको छ । अशोक लेलैन्ड ब्रान्डका बस सेग्मेन्ट अन्तर्गतको नयाँ गाडी सनसाइन बसको नाडा अटो सो प्रदर्शनीबाट नेपालमा अफिसियल लन्च गरिएको छ । यो गाडीको बुकिङ पनि सुरु गरिने भएको छ ।  यसमा इलेक्ट्रोनिक स्पिड लिमिटर, इमर्जेन्सी एक्जिट, एन्टी स्किड फ्लोकरिङ, फायर रेटर्डेन्ट इन्टेरियर, फस्ट एड बक्स, डोर ओपन अर्लाम रहेका छन् ।

आई.एम.ई. मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्डका कमर्सियल गाडीको युएसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको बताए ।  नेपाली बजारमा अशोक लेलैन्ड ब्रान्डका बस, ट्रक, ट्रिपर र लाइट भेहिकल पाइने जानकारी पनि उनले दिए । विगतमा स्पेयरर्स र सर्भिसको समस्याले उत्पीडित ग्राहकलाई सुलभ र सहज तरिकाले बिक्रीपछिको सेवा दिने प्रतिबद्वता आई.एम.ई ग्रुपको भएको पनि उनले बताए ।

प्रतिक्रिया