खेलाडीको सम्मानमा नेपाल ताइवान संघ

IMG_3582काठमाडाैं । युनिभर्सियाडका लागि ताइवान रहेका नेपाली खेलाडी तथा अफिसियलको टोलीलाई नेपाल ताइवान संघले शनिबार रात्रीभोजको आयोजना गरी सम्मान गरेको छ । ताइवानमा बसोबास गर्दै आइरहेका नेपालीहरुले खेलाडीको सम्मानका लागि रात्रीभोजको आयोजना गरेका थिए । सोही कार्यक्रममा खेलाडी तथा अफिसियललाई संघले खेल पोसाकसमेत प्रदान गरेका थिए । कार्यक्रमका विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज), उपाध्यक्ष डा.ज्ञानेन्द्र पौड्याल, महासचिव पूर्णसिंह बोहोराले नेपाल ताइवान संघका अध्यक्ष राजु गुरुङलाई मायाको चिनो प्रदान गरेका थिए ।

President of University Sports Association Pradeep Joshi Left Handed over Token of Love to NTA President Raju Gurung

नेपाल ताइवान संघका अध्यक्ष गुरुङले विभिन्न पेसा र व्यवसायमा ताइवान बसोबास गर्दै आइरहेका नेपालीलाई एकीकृत गर्दै एकआपसमा सहयोगको भावना विकास गरेको बताए । उनले शैक्षिक क्षेत्रमा नेपालीलाई संघले सहयोग पु¥याउँदै आएको जनाए ।

साथै, भूकम्प र बाढीपीडितलाई पनि संघको तर्फबाट सहयोग गरिरहेका बताए । विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष जोशीले नेपाल ताइवान संघले विगतमा नेपाल तथा नेपालीका लागि गरेको सहयोगमा प्रशंसा गरे ।

नेपाल ताइवान संघसँग विश्वविद्यालय खेलकुद संघ नेपाली खेलाडीको विकासको लागि सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको स्पस्ट पारे । कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन नेपाल ताइवान संघका सदस्य राजन श्रेष्ठ, देव गुरुङ, शंकर महर्जन, हरि कुसबार माझी, मुन्ना गुरुङलगायतले विशेष सहयोग पु¥याएका थिए ।

प्रतिक्रिया