सिर्जना फाइनान्सको शाखा विस्तार

विराटनगर । सिर्जना फाइनान्स लिमिटेडले मोरङको कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल र सो लिमिटेडका सञ्चालक डा.प्रमोदकुमार झाले एक समारोहबीच सो शाखाको शुभारम्भ गरेका हुन् ।

मोरङ, सुनसरी र सप्तरी गरी ३ जिल्ला कार्य क्षेत्र भएको यस फाइनान्सको अब कटहरीसमेत गरी १९ वटा शाखा सञ्चालनमा आएको छ ।
सो अवसरमा सिर्जना फाइनान्सका कार्यकारी प्रमुख भवानीशंकर चापागाईंले फाइनान्सले ०७४ असारमा निक्षेप ३ अर्ब ३६ करोड संकलन गरी २ अर्ब ७२ करोड कर्जा लगानी गरेको बताए ।

प्रतिक्रिया