राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग

rastiya shakari bankकाठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपीडितलाई सहयोग गरेको छ । बैंकका कर्मचारीको तलब कट्टीसहित पहिलो चरणमा १० लाख ६२ हजार ७ सय ६१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
पीडितलाई थप सहयोग गर्न राहत संकलन कार्य सहकारी बैंकमार्फत भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । इच्छुक सदस्य सहकारी संघसंस्था तथा सहकारीकर्मीले बैंकको सबै शाखा कार्यालयमा रहेको खाता नं. १८०००६८० मा सहयोग रकम जम्मा गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया