नेपाल इन्भेस्टमेन्ट बैंकको एकीकृत कारोबार

nepal investment bankकाठमाडौं २९ असार । नेपाल इन्भेस्टमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकले बुधबारदेखि नेपाल–इन्भेस्टमेन्ट बैंकको नाममा संयुक्त कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएपछि औपचारिक रूपमा संयुक्त कारोबार सुरु भएको हो ।  एसलाई १ सयबराबर ४१ सेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआइबिएलको चुक्तापुँजी ९ दशमलव २४ अर्ब रुपैयाँ पुगेको छ । ८ दशमलव ७८ अर्ब चुक्तापुँजी रहेको एनआइबिएलले एस थपिएपछि निजीक्षेत्रको सबैभन्दा बढी चुक्तापुँजी हुने बैंकका रूपमा दाबी गरेको छ ।

एसको प्राप्तिपछि एनआइबिएलको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छ भने एनआइबिएलको दरबार मार्गस्थित कार्यालयलाई यथावत् राखिएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापकपक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ । एसको प्राप्तिपछि एनआइबिएलको कुल निक्षेप १ सय २४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा १ सय ७ अर्ब पुगेको छ । त्यस्तै पुँजी पर्याप्तता अनुपात १३ दशमलव ९ प्रतिशत पुगेको छ । एसको १२ वटा शाखा तथा एउटा एक्स्टेन्सन काउन्टर थपिए सँगै एनआइबिएलको ६१ वटा शाखा पुगेको छ ।
बंैकको शाखा उपत्यकाभित्र नक्साल, न्युरोड, चाबहिल, जाउलाखेल, कौशलटार तथा कीर्तिपुरमा छन् । त्यस्तै उपत्यका बाहिर लिंकरोड वीरगञ्ज, पर्साबजार चितवन, लायन्स चोक भरतपुर, उर्लाबारी मोरङ, खाँदबारी–१ संखुवासभा तथा विजुवार प्यूठानमा रहेको छ । एसको १२ वटा एटिएम थपिएपछि एनआइबिएलको एटिएम संख्या ९८ पुगेको छ ।

प्रतिक्रिया