एभरेस्टको कीर्तिपुरमा ८९औँ एटिएम सेवा

everest
काठमाडौं ९ असार । सर्वसाधारणहरूलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेस्ट बैंकले कीर्तिपुरमा आफ्नो ८९औँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको समुद्घाटन कीर्तिपुर नपाका मेयर रमेश श्रेष्ठ र बैंकका कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरूपमा गरेका थिए । सो अवसरमा बैंकका नायबमहाप्रवन्धक राजीब जैनले बैंकको सेवा विस्तार गर्ने रणनीतिअन्तर्गत, आगामी दिनहरूमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरू खोल्ने योजना लिएको जानकारी दिए ।
हाल बैंकले नेपालभर आफ्ना ८९ एटिएम, ६० वटा शाखा, ६ एक्सटेन्सन काउन्टर र २५ राजस्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेसनल बंैकको ७ हजारभन्दा बढी एटिएम तथा बृहत् बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया