९१ वर्षदेखि नेपालमा पुतलीको अध्ययन

butterfly
प्रधानमन्त्री भीमसेन थापाको समयदेखि नेपालमा पुतलीको अध्ययन भएको पाइन्छ । नेपालको प्रथम (प्रधानमन्त्री) मुख्तियार पाएका थापाको समयदेखि अध्ययन भए पनि पुतलीको महत्व धेरैलाई थाहा छैन ।  पुतलीमा अमेरिकाबाट विद्यावारिधी गरेका प्राडा भैया खनालका अनुसार सन् १८२६ देखि नेपालमा पुतलीको अध्ययन भएको हो । त्यतिबेला बेलायती नागरिक मेजर जनरल थम्सन हार्ड विक्कीले पुतलीबारे अध्ययन गरेका थिए ।  नेपालमा अध्ययन हुन थालेको ९१ वर्षपछि नेपालीले पुतलीको महत्वबारे बुझ्दै गएका छन् । संस्थागत र व्यक्तिगत प्रयासमा पुतलीबारे जागरण कार्यक्रम र अभियानले यसको महत्वबारे थाहा पाउन सजिलो बनाएको हो । ३५ वर्षदेखि पुतलीबारे अध्ययन गर्दै आएका प्राडा खनालले भने, ‘पुतलीले बालीनाली, फलफूल र तेलहनमा परागसेचन गर्ने भूमिका निर्वाह गर्छ । उसले वातावरण स्वच्छ राख्न सघाउ पु¥याउँछ ।

पुतलीले परागसेचन नगर्ने हो भने बालीनाली उत्पादनमा कमी आउँछ ।’ पर्यापर्यटनका लागि पुतली महत्व रहेको छ । पुतलीबारे अध्ययन, अनुसन्धान गर्न चाहने विदेशी नेपाल आइरहन्छन् । कतिपय पुतली हेर्न भनेरै नेपाल आउने गर्छन् । प्रकृति सन्तुलन राख्न पुतलीको भूमिका अहं हुन्छ । खाद्यचक्रको एउटा अंश पुतली पनि हो । सानो भए पनि पुतलीलाई जैविक विविधताको महत्वपूर्ण अंश मानिन्छ । विविध कारणले उपयोगी मानिए पनि कतिपय पुतलीले बालीनाली बिगार्ने गर्छन् । बाली बिगार्ने पुतलीलाई मठ भनिन्छ । कुनै÷कुनै मठका लार्भाले बालीनाली बिगार्ने गर्छन् । पुतलीविद् खनालका अनुसार पारनारा नामक पुतलीले धान र गहुँ खानेसमेत खाने गर्छ । दिउँसो र राती मात्र सक्रिय हुने दुई प्रकारका पुतली हुन्छन् । ‘संसारभरि करिब २० हजार प्रजातिका पुतली दिउँसो सक्रिय रहन्छ । राती मात्रै सक्रिय रहने पुतली एक लाख ८० हजार बढी छन्,’ पुतलीविद् खनालले सुनाए, ‘नेपालमा तीन हजार प्रजातिका निशाचर अर्थात् राती सक्रिय पुतली पाइन्छन् ।

bijay-khanal-2_omew0BfDC2

त्यसमध्ये सेतो पुतलीको रौँ आँखामा पस्यो भने समयमा उपचार नगरे आँखाको दृष्टि गुम्न सक्छ ।’ सेतो पुतलीबाट बच्न छेउछाउ जानुहुँदैन । नचलाए पनि रौँ उडिरहने भएकाले कतिपय अवस्थामा सेतो पुतलीको छेउछाउ नजाँदासमेत आँखामा पर्न सक्छ । कतिपय निशाचर पुतली दिउँसोसमेत सक्रिय हुन्छन् । त्यो बिस्तारै उड्ने भएकाले चिन्न सकिन्छ । दिउँसो सक्रिय पुतली छिटो उड्ने गर्छ । सन् १९५० मा एफएम बेलेले नेपालका पुतलीबारे अध्ययन गरेका थिए । बेलेका अनुसार नेपालमा पाँच सय ९० प्रजातिका पुतली पाइने दाबी गरे पनि नेपालमा ६ सय ६० प्रजातिका पुतली पाइने पुतलीबाजे भनेर परिचित बेलायती नागरिक कोेलिन स्मिथ, पुतलीविद् प्राडा भैया खनाललगायतको अध्ययनले पुष्टि गरेको छ । प्राडा खनालका अनुसार सुदूरपश्चिमका हिमाली क्षेत्रमा अध्ययन नभएकाले पुतलीको संख्या बढ्न सक्छ ।
‘नेपालका एक सय ४२ प्रजातिका पुतली खतराजनक अवस्थामा पुगेका छन्,’ सहरीकरण, सडक विस्तार र ‘ह्याबिटेट लस’ का कारण १५ वर्षअघि देखिएका पुतली हिजोआज नदेखिने बताउँदै खनालले भने, ‘तीन प्रजातिका पुतली वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि साइटिसमा राखिएका छन् । ती पुतली दुर्लभ मानिन्छन् ।’ ती पुतली अध्ययन, अनुसन्धान र कतिपयले सोखका रूपमा संकलन गर्ने गर्छन् भने कतिपय मुलुकमा त्यसको पखेटाबाट गहना बनाइन्छन् ।  झापाको केचनाकलन (५६ मिटर) देखि पाँच हजार चार सय मिटर उचाइमा रहेको मनाङको थोराङपाससम्म पुतली पाइएका छन् । पोन्टिया सेर्पा (मनाङ), क्रिबेटा लेहमानी (मनाङ र मुस्ताङ), पोलियोम्याटर्स नेपालेन्सिस (मुस्ताङ) र पारालासा नेपालिका (डोल्पा) प्रजातिका पुतली नेपालमा मात्रै पाइन्छ । ललितपुरको गोदावरीमा दुई सय प्रजातिका पुतली पाइन्छन् ।

यसले एकपटकमा दुई सयदेखि तीन सय ५० वटासम्म पूmल पार्छ । एउटै पुतलीका पखेटामा धेरै रङ हुन्छ । जलवायु परिवर्तनले पुतलीमा समेत असर पारेको छ । जलवायु परिवर्तनको एक हजार सात सय मिटरमा पाइने पुतली दुई हजार तीन सय मिटरमा पाउन थालिएको प्राडा खनालले जानकारी गराए । अपवादबाहेक पुतलीका लार्भाले खाने वनस्पति एउटै हुन्छ । कुनै÷कुनै पुतलीले मात्रै चारवटासम्म वनस्पति खाने गर्छ । जलवायु परिवर्तनले पुतलीले खाने वनस्पतिमा समेत असर परेको छ ।  पुतली तीनदेखि पाँच साता बाँच्न सक्छ । कुनै÷कुनै पुतली सात सातासम्म बाँचेका छन् । दिउँसो सक्रिय पुतलीको जीवनचक्र तीन सातामा पूरा हुन्छ । राती उड्न कुनै÷कुनै पुतलीको जीवनचक्र पूरा हुन १० महिनासम्म लाग्छ । त्यसपछि पुतली भएर निस्कन्छ । कास्कीको पोखरामा पुतली संग्रहालय स्थापना गरिएको छ । पुतलीको महत्व व्यापक बनाउन ३५ थरी पुतलीका हुलाक टिकट प्रकाशित भइसकेको छ । पुतलीको उपयोगिता बुझाउन पाठ्क्रममा समेत समेटिएको छ । नेपाली गीत÷संगीतमा पुतलीले ठाउँ पाएकै छ ।

प्रतिक्रिया