ट्रक बम विस्फोटमा मारिनेको डेढ सय पुगे

काबुल-बम-विस्फोटमा-परी-पाँच-नेपाली-घाइतेकाबुल । काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको संख्या एक सय ५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले मंगलबार बताएका छन् ।  अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा घानीले उक्त जानकारी दिएका हुन् । गतहप्ता भएको यो आक्रमण सन् २००१ पछि भएका हमलाहरूमा नै भीषण आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा परी एक सय ५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, तीन सयभन्दा बढी घाइते भएका घानीले बताएका छन् । घाइते हुनेहरूमा जलेका र अंगविच्छेद भएकाहरूसमेत रहेका उनले सो सम्मेलनमा बताएका छन् ।

यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो । यस भीषण आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर, सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् ।  अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टिलक्षित बम विस्फोट परी कम्तीमा सातको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारण घाइते भएका थिए ।

प्रतिक्रिया