प्रथम दक्षिण एसियाली सोतोकान कराते शुक्रबार

18814842_648165862037124_2268938019754954859_oकाठमाडौं । प्रथम दक्षिण एसियाली सोतोकान कराते च्याम्पियनसिप शुक्रबार हुने भएको छ । नेपाल सोतोकान कराते संघको आयोजनामा हुने २ दिने च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषद(राखेप)स्थित कभर्डहलमा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको सिनियर तथा जुनियर गरी कुल २८ इभेन्टमा जेठ १९ र २० गते प्रतिस्पर्धा संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी दिए । च्याम्पियनसिमा पुरुष कुमुतेतर्फ २० केजी तौलसमूह, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तौलसमूह र खुला गरी कुल १३ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
कुमुतेकै महिलातर्फ २० केजी तौलसमूह, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी तौलसमूह र खुला गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् । जुनियरको महिला र पुरुष काता तथा सिनियरको पनि महिला र पुरुषको कातातर्फ पनि खेल हुनेछ । पुरुषको टिम कातातर्फ पनि खेल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, भुटान र आयोजक नेपाल गरी कुल ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष श्रेष्ठले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए ।

प्रतिक्रिया