महिमा सिलवाललाई मनपर्ने कुरा

mahima silwal
काठमाडौं । आफू अविवाहित भएता पनि कुमारी नभएको दमदार बोली बोल्न सक्ने हिम्मतवाली नायिका कोही छ भने अवश्य पनि महिमा सिलवाल देखिएकी छन् । पछिल्लो पुस्ताकी हक्की स्वभावकी बोल्ड नायिका महिमा सिलवालको पहिलो चलचित्र ‘कारबाही’ हो । चलचित्र ‘कारबाही’ ले नेपाली चलचित्रको बजारमा खासै व्यापार गर्न सकेन । चलचित्र ‘कारबाही’ को व्यापार नभएता पनि महिमा सिलवाललाई नायिका भनेर स्थापित गर्ने कार्य भने यसै चलचित्रबाट भयो । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी महिमा सिलवालाको पछिल्लो चलचित्र ‘धुम–२’ हो । यिनै नायिका महिमा सिलवाललाई मनपर्ने कुरा यसप्रकारका रहेका छन् । त्यो पनि महिमाकै शव्दमा–
–मलाई मौसमअनुसारको फेसन गर्न मन लाग्छ । जाडोभन्दा गर्मी याम मलाई बढी मनपर्छ । मेरो रोजाइमा सेक्सी टाइपका छोटा लुगा पर्छन् । छोटा लुगा लगाउँदा स्मार्ट त देखिन्छ नै, छरितो पनि हुन्छ । म प्रायः स्कर्ट, टिसर्ट, पाइन्ट, सर्ट लगाउने गर्छु । कार्यक्रम हेरी लेहेंगा, कुर्था, वानपिस पनि लगाउने गरेकी छु । साडी पनि मनपर्छ । तर, लगाउन र सम्हाल्न झन्झटिलो हुने भएकाले त्यस्तै अवसरमा मात्र लगाउँछु । फिल्ममा भने चरित्रअनुसार ड्रेस अप गर्न मलाई आपत्ति छैन ।

–कलाकार भएको नाताले म जस्तोसुकै भूमिका पनि सहज रूपमै गर्न सक्छु र गर्ने गरेकी छु । अहिलेसम्म मैले लगभग सबै प्रकारका भूमिका निर्वाह गरिसकेकी छु । सुब्बा साहेब नामक फिल्ममा अलि नेगेटिभ चरित्रमा थिएँ भने हालै सुटिङ सकिएको ‘धुम–२’ मा रोनाधोना भूमिकामा छु । ब्वायफ्रेन्ड फिल्ममा निर्वाह गरेको प्रिया पात्रको भूमिका मलाई विशेष लागेको छ ।

–मलाई हत्तपत्त बाहिरको खाना खान नपरे हुन्थ्यो भन्ने लाग्छ । घरकै खाना मीठो लाग्छ । होटेलमा खानुप¥यो भने पनि सादा खाना खान्छु । नेपाली खाना नै मेरो रोजाइमा पर्छ । सुटिङ हुँदा सुटिङकै खाना खाने गर्छु । मलाई तेलमा तारेको खानेकुरा मन पर्दैन । अमिलो, पिरो भने बहुत मनपर्छ । म कोल्ड ड्रिंक्स कहिल्यै पिउँदिनँ । आइसक्रिम भने कहिलेकाहीँ लिन्छु । माछामासु खाने गरेकी त छु, तर मोटाइने डरले धेरै लिन्नँ । प्रशस्त मात्रामा पानी पिउँछु ।

–मलाई सबै नेपाली कलाकार उत्तिकै मनपर्छ । सबैका आ–आफ्नै क्षमता र विशेषता छन् । आफूसँग काम गरेका सबै कलाकार उत्तिकै सहज लाग्छन् । आफूभन्दा सिनियर र जुनियरबाट पनि केही न केही सिक्न पाइन्छ । त्यसैले म सबै कलाकारलाई उत्तिकै सम्मान गर्छु ।

प्रतिक्रिया