भरतपुर मतगणना तनाव ; कस्ले च्यात्यो मतपत्र ? च्यात्नेलाई के सजाय हुन्छ ?

Bharatpur-Tanab
काठमाडौं, १५ जेठ । भरतपुर महानगरमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना कार्य स्थगित भएको छ । मतगणना स्थगित भएसंगै अब के हुन्छ भन्ने अन्योल उत्पन्न भएको छ ।

प्रहरीले नगनिएका १०÷१५ वटा र गनिइसकेको एउटा मुठो च्यातिएको बताएको छ । सबैको मुचुल्का बनेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न भनिएका दुई माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाइसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता दोर्ण सिवाकोटी रहेका छन् ।

त्यसैगरी प्रहरीले एमाले कार्यकर्ता गंगा लामालाई पनि पक्राउ गरेको थियो । तर लामालाई प्रहरीले फरक अभियोगमा मतगणनास्थल बाहिरबाट पक्राउ गरेको बताएको छ । अहिले भने लामालाई प्रहरीले रिहाइ गरिसकेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ मा भनिएको छ, ‘कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिबिना मतगणनास्थलबाट अन्यत्र लैजान हुँदैन ।’

उपदफा २ मा भनिएको छ, ‘उपदफा ९१० विपरीतको कार्य गर्ने व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिबाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।’

प्रतिक्रिया