वडा सदस्य उम्मेदवार तामाङको मृत्यु

suklala tamangकाभ्रे २९ वैशाख । धुलिखेल नगरपालिका–१२ का राप्रपा नेपालका वडा सदस्यका उम्मेदवार सुकलाल तामाङको मृत्यु भएको छ । उम्मेदवार तामाङ बिहीबार बिहान मृत अवस्थामा आफ्नै निवासमा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नवीनराज राईका अनुसार बेलुका सामान्य अवस्थामा सुतेका तामाङलाई बिहान उठ्दा आफन्तले मृत अवस्थामा फेला पारेका हुन् । ‘तामाङको कालगतिले नै मृत्यु भएको भन्ने छ’ राईले भने । वडा सदस्यका उम्मेदवारको मृत्यु पछि सो वडामा निर्वाचन स्थगित हुनेछ ।

र, नगरका अन्य वडाको मत गणना पनि स्थगित हुने निर्वाचन कार्यालयले बताएको छ । निर्वाचन कार्यालय काभ्रेले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । स्थगित गरिएको निर्वाचन कहिले गर्ने भन्ने बारे भने निर्वाचन कार्यालयले निर्णय गर्न बाँकी रहेको बताएको छ । यस विषयमा राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाले तामाङको कालगतिले नै मृत्यु भएको परिवारले बताएको भनेका छन् । तामाङ राप्रपाको क्षेत्रीय सदस्य र स्थानीय तह निर्वाचनका लागि राप्रपाको तर्फबाट धुलिखेल नगरपालिका–१२ का वडा सदस्यमा प्रत्यासी थिए ।

प्रतिक्रिया