“निकोलास इफेक्ट ” आफू मरे पनि निकोलास बने धेरैको बाच्ने आधार

nicolasमृत्यु अबस्यम्भाबी हो । कारण मात्र फरक । अझ बालक छोरा गुमाउनुको पिडा त सयाद अकल्पनीय । यसरी छोरा गुमाएका अमेरिकाको ग्रीन परिवार अहिले सन्तुष्टिको सास फरिरहेको छ, “निकोलास इफेक्ट ” को प्रभाव देखेर । अनी चित्त बुझाइरहेका छन्, छोरा अजर र अमर भयो भनेर । इटालीमा अंगदानको यो क्रान्तीका कथा बिबिसी म्यागेजीनबाट

आफ्नै छोराको हत्या । मानब जिवनको सबैभन्दा पिडादायक घटना हो । त्यस्तै भोगेका थिए, अमेरिकाका रेग ग्रीन र मेगी ग्रीनले । इटालीमा भोगेको त्यसै पिडालाई सकरात्मक बाटोमा प्रयोग गरेका कारण उनीहरुको पुत्र वियोगले ल्याएको क्रान्ती अहिले इटालीमा चर्चामा छ । सन् १९९४ सेप्टेम्बर २९ मा सात बर्षिय निकोलास ग्रीनको बन्दुकधारीले हत्या गरेका थिए । रेग र मेगीका लागि यो असह्य बेदना थियो । तर, यसै दुर्घटनालाई सकरात्मक बाटोमा डो¥याउदै उनीहरुले छोराको अंगदान गर्ने निर्णय गरेका थिए । यसको एक दशकमै इटालीमा अंगदानको मात्रा एक दशकमा तीन गुणाको दरले बृद्धी भइरहेको छ । यो बुद्धीलाई इटालीमा “ निकोलास इफेक्ट ” को रुपमा चिनिन्छ । “ पहिलो पटक अध्यारो कार मेरो नजीक आउदा केही खतरा महशुष भएको थियो । केही समय त्यो कार त्यही रोकीयो, ” विगत सम्झदै रेग भन्छन् । “ त्यसको केही समय पछि त्यो कारले ओभरटेक गर्न खोज्यो । मैले केही पनि दुखःद घटना नहुने अनुमान लगाए । ” उनीहरुले सोचे जस्तो सहजै त्यो समय टरेन । केही समयमै रिसाएको आवाज सुनियो । कार रोक्न भनीयो ।
रेगले कार रोक्दा समस्यामा पर्ने सोच्दै गती बढाए । यसैमा गोलीले पछाडीको सिसामा लाग्यो । पछाडी उनका दुइ बच्चा निदाइरहेका थिए । गोलीले निकोलासको टाउकोमा लाग्यो । उनको दीदी इलेनोर भने निदाइरहेकी थिइन् । “ मैले कार रोकेँ । निकोलास चलमलाएनन् । उ हलचल नभएको समय र चिउडोमा बान्ताको अंश । ” परिचित पुस्तक “ निकोलास इफेक्ट ” प्रकाशनको तयारीमा रहेका ८८ बर्षिय रेग विगत सम्झन्छन् । “ निकोलास इफेक्ट ” कै आधारित जेमी ली कर्टीस र एलन बाटेस अभिनित चलचीत्र निकोलास गीफ्ट पनि प्रदर्शनको तयारीमा रहेको छ । रेगका लागि त्यो घटना अझ पनि दर्दानाक लाग्छ । भन्छन्, “ मैले जिवनमा यस भन्दा अघि यस्तो दुख भोगेकै थिइन । आफ्नै अघि आफ्नै छोराको यो अबस्था जो कोहीका लागि पनि असाध्य पिडादायक घटना हो । ”अमेरीकी परिवारको इटालीमा विदाइ मनाइ खराब सपना झै टुंगीयो । हृदयविदारक र पिडादायी । गोली लागेको एक दिन पछि अस्पतालमा निकोलासको इहलीला सदाका लागि अन्त्य भयो । छोरा कोमामै रहदा उनका अभिभावकले एउटा महत्वपूर्ण निर्णय गरिसकेका थिए । अंगदानको यो निर्णयले तत्कालै इटालीका सात परिवारलाई भने नयाँ जिवनको आधार तय गरेको थियो ।
“हाम्रा लागि यो नँया अनुभब थियो । च्यारिटीमा पैसा दिए जस्तो सजिलो थिएन । हामीले गरेको सहयोग र मेरो छोराको अंग कसले प्रयोग गरेको हो भन्ने हेक्का समेत मलाई थिएन । तर, चार महिना पछि सिसीलीमा मलाई बोलाइयो । ” इटालीमा बालक हत्या बिरलै हुन्छ । अपराधीहरुले बालक हत्या गर्नुको कारण पनि सहजै प्रहरीबाट पक्राउ पर्ने सम्भावना हो । परन्तु, विरलै हुने त्यो दुर्घटना ग्रीनको परिवारमा आइपरेको थियो । यसै अपराधमा फ्रान्सेस्को मेसियानो र मीचेलो लानेनो गीरफ्तार भए । हत्याको कारण असपष्ट रह्यो । धेरै वकिलले यीनीहरु माफीयासँग सम्बन्धित भएको ठहर गरे । “ सात बर्षिय अमेरिकी बालकको हत्या हिंसात्मक घटनामा पछि रहेको र शान्त भन्ने छबी भएको इटालीका लागि समेत भयंकर दुःखद थियो । ” घटनाको बारेमा टाइम्स म्यागेजीनले लेखेको थियो । हत्याको घटनाले इटालीमा लज्जाबोध भएको र पिडितले नै सामाजीक कार्य गरे पछि यसको प्रभाव परेको जनाइन्छ ।
“दुःखद घटना पछि हामीले सोच र यसको प्रभाव रहेको हेर्दा खुसी हुन्छौ । अंग दानमा युरोपमा समेत अत्यन्त पछि रहेको इटाली संसारमा पहिलो हुने सम्भावना देखिन्छ । अंगदानमा तीन गुणाले बृद्धी भएको अर्को देश छैन । ” ग्रीन भन्छन् । सन् १९९३ मा निकोलासको हत्या हुनु एक बर्ष अघि १० लाख मध्य ६.२ का दरले अंग दान गर्ने गरेका थिए । सन् २००६ मा यो मात्र २० जनामा पुगेको हो । सन् १९९९ मा इटालीका अप्ट आउट सिस्टमको सुरुवात भयो । यो सिस्टम अनुसार कसैको निधन हुनु अघि अंगदान गर्ने चाहनाको बारे चासो लिइन्छ । यो सिस्टम पछि फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा लागु भएको छ । अमेरिका र बेलायतले निरन्तरता दिने अपेक्षा गरिएको छ ।

green dual and organ recieptant

यसरी अजर बने निकोलास
इटालीमा निकोलासको सम्मानमा १२० स्थानको नामाकरण गरिएका छन् । यसमा ५० चोक तथा बाटाहरु छन् । २७ पार्क तथा बगैचा अनी २७ विद्यालय निकोलासका नाममा रहेका छन् । अन्य १६ प्राकृत्तीक तथा पुरात्तात्वीक स्थान निकोलासको नामबाट रहेका छन् ।

nicolas square

निकोलासकै बाबुका अनुसार निकोलास सधै उत्कृष्ट बन्न चाहने बालक थिए । उसँग रहदा जो कोही पनि उत्कृष्ट रहन प्रयास र्गथ्यो । सात बर्षको हुँदा जिनवको योजना बुन्न नसके पनि उसको भविष्य प्रति आशावादी रहेको रेगको कथन छ । अन्यलाई अफ्ठ्यारो पर्दा सहयोग गर्नु उसको पहिलो प्राथमिकता रहेको निकोलासका बाबु आमा बताउँछन् । फ्लीटस्ट्रीकका पूर्व सञ्चारकर्मी ग्रीन हिंसाको बारे आफूलाई त्यत्ति जानकारी नभए पनि छोराकै कारण यो विषयमा सचेत रहेको बताउछन् ।

green with kidsनिकोलासको अनुपस्थितीमा ग्रीनलाई जिवन रित्तीए झै लाग्छ । यसैका माझ पनि उनी छोराकै अंगबाट बचेका देख्दा आफ्नै सन्तानको उपस्थितीको महशुष गर्छन् । जिवन बिताउने साहरा बनेको छ, अंग उपयोग गर्नेहरुको जिवन ग्रीनका लागि अझै पनि । सामान्य हो, प्रकृत्ती प्रदत्त अंग काम नभए पछि अन्य अंग त्यसरी नै सहज नहुन सक्छ । कोही मृत्युको मुखमा पनि पुगीसके । तथापी उनी देख्छन्, कोही उनलाई देख्ने बित्तिकै रुन्छन्, कोही हास्छन् । ग्रीन छोरा सम्झीन्छन् र चित्त बुझाउछन् । आखिर मेरो छोरो मरे पनि कसैलाई त बचायो । सन् १९८६ मा बिवाह बन्धनमा बाधीएका ग्रीन र मेगीले आफ्नी छोरी एलेनोरलाई एक्लोपनको महशुष नहोस भन्ने हेतुले अर्को बच्चाको जन्म दिने निर्णय गरे ।

त्यस पछि जन्मीएका जुम्ल्याहा बच्चा २१ मेका दिन २१ बर्षका हुने छन् । सबै परिवार हेर्दा खुसी देखिने ग्रीन फेरी भावुक हुदै सम्झछन्, “ निकोलास जिउदो भए यो परिवार अझ कत्ति सुखी हुन्थ्यो होला । ”अहिले पनि ग्रीन अंगदानको बारे जागरण फैलाउन बर्षको दुई पटक अमेरिरका पुग्ने गर्छन् । निकोलास मर्ने समयमा कलेजोको समस्यामा रहेका मारिया पिया पेडालालाई उनले भेटे । पेडाला निकोलासकै कलेजोबाट बाचीरहेकी छिन् । मारियाले निकोलासको कलेजोबाट नँया जिवन पाएको दुइ बर्ष पछि बिवाह गरेकी थिइन् । अनी जन्मीएको बच्चाको नाम राखिन, निकोलास। अर्को बच्चा छ अहिले,एलीसीया । यी सबै मिलान र सिसीलीमा अंग दानको बारे जागरण फैलाउन ब्यस्त छन् । निकोलासकै मुटुबाट बचेका आन्द्रीया  मोनीगीयार्डोको गत वर्ष निधन भइसकेको छ । ग्रीनको ठहर छ ,निकोलासको अंगबाट बचेको सात होइन निकोलास “निकोलास इफेक्ट ” हजारौँमा छ । इटालीमा अंगदानबाट बाच्ने हरेकमा निकोलासको अंश भेटिने छ, यही बिश्वासमा बाचेका छन्, ग्रीन दम्पत्ती ।

प्रतिक्रिया