दुई साते मन्त्री पनि छोडेनन् गच्छदारले ! कहिले सत्तामा थिएनन् गच्छदार ?

bijay काठमाडौं, २६ वैशाख । लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले सोमबार १२ औं पटक मन्त्री पदको सपथ ग्रहण गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारको आयु अब दुई साता पनि नरहेको थाहा पाउँदा पाउँदै गच्छदारले उपप्रधान तथा स्थानीय विकास मन्त्रीको सपथ ग्रहण गरेका हुन् । राप्रपाले महाअभियोगको कारण देखाउँदै सत्ता गठबन्धन त्यागेपछि गच्छदारको सत्तारोहण सहज भएको हो ।

हुनत गच्छदार दाहाल सरकार गठनको सुरुमै सरकारमा जान तयार भएर ओली सरकारलाई अन्तिम अवस्थामा त्यागेका थिए । यसलाई धेरैले ‘मुसा प्रवृति’ भने पनि उनलाई केही फरक परेको थिएन । तर मधेसी मोर्चाले नै उनलाई सत्तारोहणमा रोकेका थिए ।

सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनमा सहमति भएपछि भने मोर्चाले पनि गच्छदार र कमल थापालाई सरकारमा ल्याएर संसद्मा दुई तिहाई पु¥याउन दवाव दिदैं आएको थियो । अहिले कमल थापाले सरकारबाट हटे पनि संशोधनमा सघाउने भएकाले गच्छदारलाई सरकारमा लगिएको माओवादी केन्द्रका एक नेताले बताए ।

आफूले सत्ता छाडनुअघि संविधान ंिशोधन गर्ने प्रधानमन्त्री दाहालको योजना छ । त्यही भएर गच्छदारलाई प्रधानमन्त्रीले सरकारमा लगेको माओवादी नेताहरू बताउँछन् । प्रधानमन्त्री संविधान संशेधन नगरी सत्ता हस्तान्तरण नगर्ने सोचमा रहेका छन् भने कांग्रेस २ जेठमा नै दाहालले सत्ता छोड्नु पर्ने पूर्वसहमति रहेको बताउँदै आएका छन् । सरकारमा जाने र टिक्ने कुरामा माहिर मानिएका गच्छदारले देउवा र दाहालको यो लुछाचुडी केही समय टिक्ने देखेकाले मन्त्री हुन तयार भएको बताइएको छ । हुन त शेरवहादुर देउवाले पनि आफ्नो सरकारमा उनलाई अहिलेकै स्टाटसमा मन्त्री बनाउने ग्यारेण्टी गरेको बताइन्छ ।

माओवादी केन्द्रका केही नेताहरू भने दाहालले दोश्रो चरणको स्थानीय निर्वाचन पनि सकाएर सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् । कांग्रेस २ जेठमानै देउवालाई प्रधानमन्त्री बनाउन चाहने, प्रधानमन्त्री मिले दोश्रो चरणको स्थानीय निर्वाचन सकेर नभए संविधान संशोधन गरेर मात्र रिकार छोड्ने योजनामा रहेका छन् । यस्तोमा दाहाल सरकार केही समय टिक्ने आंकलन गरिएको छ ।
देउवा नेतृत्वमा बन्ने सरकारमा भने गच्छदारको अहिले मै स्थान सुरक्षित रहने अवस्था नरहेको कतिपय मधेसी नेताहरू बताउँछन् । देउवा नेतृत्वको सरकारमा कमल थापा पनि जानसक्ने र मधेसी मोर्चा पनि लालायित भएकाले गच्छदारको स्थान सुरक्षित नरहन सक्ने विश्लेषण पनि गरिदैछ ।

यस्तो छ गच्छदारको सत्ता यात्रा
कांग्रेसले निर्वाचनमन बहुमत ल्याएपछि २०४८ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गच्छदार पहिलो पटक सञ्चार राज्यमन्त्री भएका थिए । त्यस यता उनी विरलै सत्ता वाहिर रहेको तथ्यले देखाएको छ । त्यपछि लगातार विभिन्न मन्त्रालय चहारेका गच्छदार मन्त्री नभएको पाँच वर्ष पुगनगुग छ ।
उनी राजाको प्रतक्ष्य शासनको कालदेखि पहलिो ंिविधान सभाको निर्वाचन नभएसम्म भने मन्त्री नभएको इतिहास छ । अर्थात १९ अोि २०५९ मा जलश्रोत मन्त्रीबाट देउवासंगै राजाको गलहत्तिमा परेपछि एकै पटक पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा १५ भदौ २०६५ मा भौतिक योजना तगा निर्माणमन्त्रीको सपथ ग्रहण गरेका थिए । त्यसपछि भने उनी खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषदमा मात्र मन्त्री भएनन् ।

प्रतिक्रिया