गतवर्ष सरकारले ५० शै्ययामा स्तरोन्नति गरेको जाजरकोट जिल्ला अस्पतालका लागि सरकारले उपलब्ध गराउनेबाहेक आन्तरिक स्रोतबाट अढाइ लाख रुपैयाँ तलब दिएर विज्ञापन गर्दा कुनै पनि चिकित्सक आउन नरुचाउने जाजरकोटबासिन्दा लागि डा. पवन शाक्य भने भगवान् नै आएजस्तो भएको छ ।
यहाँ नियुक्ति लिएर आउने वा सरुवा भएर आउने जुनसुकै चिकित्सक पनि विभिन्न बाहना बनाएर अन्यत्रै जाने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. चाँदनी जैसवाल बताउँछन् । एक विशेषज्ञका लागि अढाइ लाख तलब दिएर विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएको उनको गुनासो छ ।
स्वास्थ्य मन्त्रालयले चार विशेषज्ञ चिकित्सक गत एक वर्षदेखि जाजरकोट पठाउन निकै पहल गरे पनि सम्भव नभएको अवस्थामा काठमाडौंवासी तन्नेरी डा.पवन भने जिल्लाको सबैभन्दा दुर्गम र विकट गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा २४सै घन्टा खटेर जिल्ला अस्पताल बराबरको सुविधा उपलब्ध गराएकाले उनलाई स्थानीयवासीले भगवान्सरह मानेका हुन् ।
१० महिनाअघि स्थायी नियुक्ति पाएका डा.पवनलाई विकट गाउँ गर्खाकोटमा पठाएकामा भौगोलिक विकटता, अप्ठेरो बाटो, दुर्गम बस्ती, अभाव र कष्टको बेवास्था गर्दै सो उनँले सो ठाउँलाई सहर्ष स्वीकार गरेका थिए ।
गर्खाकोटको प्राथमिक स्वास्थ्य केन्द्रलाई सुधार गरेका डा.पवन सेवा र सुविधामा जिल्ला अस्पतालसँग टक्कर लिन सफलसमेत सफल भएका छन् ।
जुनीचाँदे–९ कोर्ताङकी धनसरा टमाटाका अुनसार गर्खाकोटमा चिकित्सक होइन भगवान् नै आएका हुन् । ‘पहिले सानो कष्टया (बिरामी) हुँदा पनि र नेपालगञ्ज जानुपथ्र्याे तर अहिले त सबै यही नै उपचार हुन थालेकाले पाँच घन्टाको पैदल हिँडेर पनि यही प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेको हुँ’, उनी भन्छिन्, ‘अहिले त जति टाढाबाट हिँडेर पनि यहीँ आउन मन लाग्छ ।’
निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा.जैसवाल पनि डा.पवनका कारण सो प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बराबरको सेवा सुविधा उपलब्ध भएको स्वीकार्छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रका लागि चाहिने औषधि, उपकरण र अन्य सामान आफँैले मन्त्रालय विभाग र अन्य सरोकारवाला निकायमा पुगेर जोहो गरेका डा.पवनले सुरुमा गर्खाकोट जाँदा आफ्नै गोजीको पैसा खर्च गरेर केही सामानसमेत किनेको उनले जानकारी दिए । पहिले अनमी र अहेबले चलाउँदा सेवासुविधाको हिसाबले स्थानीयवासी नै उपचारका लागि नजाने उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने भिडिओ एक्स–रे, इसिजी, अक्सिजन कन्सर्नट्रेटर, रगत तथा पिसाव जाँच गर्ने ल्याबको सुविधा, शवपरीक्षणलगायत व्यवस्थाले आफूहरूले ठूलो राहतको अनुभूति गरेको स्थानीयवासी राजबहादुर शाहीको भनाइ छ । कुनै सार्वजनिक बिदाकोसमेत वास्ता नगरी सबैप्रकारका स्वास्थ्यसेवा सञ्चालन गरेपछि अहिले सो प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाग्राहीको भीड लाग्न थालेको उनी बताउँछन् ।
राम्रोसँग फोन पनि नलाग्ने विकट गाउँमा २४ घन्टे वाइफाइसमेत चल्ने व्यवस्था गरेका डा.पवन आफैँ बिरामीको शै्ययामा बिछ्याइएका तन्ना र अन्य कपडा धुनेसमेत गर्छन् । अन्य ११ जना स्टाफसँगै रहेका उनमा अहंको भावना पनि छैन स्वास्थ्यकेन्द्रको भित्रबाहिर जताततै सफाइ गर्नेदेखि अन्य सबै काममा आफँै खटिने स्वभावले हामीलाई पनि काम गरुँगरुँ लाग्ने गरेको त्यहाँ कार्यरत अनमी सरस्वती शाही उल्लेख गर्छिन् ।
डा.पवनले काम गरेको देख्दा अचम्म लागेको बताउनु हुने स्थानीय शिवपुरी माविका प्रधानाध्यापक जयबहादुर शाही भन्छन्, ‘अस्पताललाई आफ्नो घरजस्तो मानेर जति बेला गए पनि बिरामीको उपचार र सेवा गर्न उहाँ तयार हुन्छन्,’ यस प्राथमिक स्वास्थ्य केन्द्रमा सोलार पावर र अन्य पूर्वाधार निर्माणको भरपर्दाे व्यवस्था छ । जति बेला पनि बिरामीको सेवाका लागि डा.पवन र स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्ने गरेकाले अहिले गर्खाकोटलगायत अन्य गाउँका बासिन्दा यही स्वास्थ्य केन्द्रमा आउँदा जिल्ला अस्पताललाई नै भुल्ने गरेको ६६ वर्षीया शीतला शाह बताउँछिन्, ‘पहिले त्यहाँ जानै मनै लाग्दैनथ्यो तर अहिले त जति बेला गए पनि गतिलो उपचार पाइन्छ ।’
दुर्गम र विकट गाउँका जनताका लागि केही काम गरेर देखाउन आफू गर्खाकोटमा आएको उल्लेख गर्ने डा. शाक्य बताउँछन्, ‘सहर र सुगमका जनताले त सजिलै सुविधा पाउँछन् तर दुर्गमका जनतालाई निकै समस्या छ त्यही बुझेर म यहाँ आएको हुँ, म जति बेलासम्म गर्खाकोटमा बस्छु यहाँका जनताले सजिलै र सहज ढंगले स्वास्थ्य सेवा पाउन सक्ने बनाउँछु ।’
प्रतिक्रिया