क्यान्सरपीडित बालिकालाई सहयोग

sona
पाँचथर । साविक ओयाम–४ गाविस याङओरक गाउँपालिका–३ का क्यान्सरपीडित १६ वर्षीया बालिका सोना योङयालाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । देउप्रसाद योङयाकी छोरी ६ महिनाअघिदेखि ब्लड क्यान्सरबाट पीडित छन् । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी बालिकालाई वैदेशिक रोजगारीमा रहेका आफन्तले उपचारका लागि सहयोग जुटाएका हुन् ।
उपचारका लागि ६ लाख ८८ हजार एक सय १० रुपैयाँ फाउन्डेसन पाँचथरमा जम्मा गरी सहयोग गरेका हुन् । फाउन्डेसनका अध्यक्ष तथा अधिकारकर्मी मंगल बेघाले पीडितबालिकाका पिता देउप्रसादलाई चेक हस्तान्तरण गरे ।
पीडितका पिताले सहयोग रकम बुझेका हुन् । सो रकम बेलायतमा रहेका कुलप्रसाद योङया, हङकङबाट लीला सेलिङ, दक्षिणकोरियाबाट देउकुमार लिम्बू, हेमन्त लिम्बू, घनेन्द्र मावाले संकलन गरी फाउन्डेसनको खातामा जम्मा गरिदिएको बताइएको छ ।
बालिकालाई यसअघि योयाम सेवा समाजमार्फत एक लाख ५१ हजार आठ सय ५३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । क्यान्सरपीडितका पिता देउप्रसादलाई फाउन्डेसनले पत्रकारसम्मेलन गरी चेक बुझाएको हो । पीडितको उपचारमा अहिलेसम्म ६ लाख खर्च भइसकेको परिवारले जनाएको छ । बिरामीको स्वास्थ्यमा सुधार हँुदै गएको र ६ वर्षसम्म नियमित जाँच गराइरहनुपर्ने पीडितका पिता देउप्रसादले बताए ।

प्रतिक्रिया