‘सिटिभी मोबाइल मिस ५०७७’ को छनोट चरण सकियो

काठमाडौं । किरात राई मौलिक कला संस्कृति केन्द्रले विगत गर्दै आएको ‘सिटिभी मोबाइल मिस राई’ पाँचाँै शृंखलाको छनौट चरण सकिएको छ । विगत वर्षहरू भन्दा फरक किसिमले तयारी गरिएको यस प्रतियोगितमा १२ किराती सुन्दरीहरू छनोटमा परेका छन् ।
अरू सुन्दरी प्रतियोगीताहरू भन्दा फरक किसिमले गर्न खोजिएको प्रतियोगितामा किराती संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभूषा, साकेला नृत्यका साथै किराती रितिरिवाजहरूको अध्यापन गराइनेछ । किरात उद्गम थलोहरूको भ्रमण गराउने तथा किरात राई विद्वानहरूद्वारा किराती मुन्दुम साथै तिन चुला तीर्थधामहरूको बारेमा प्रशिक्षित गराइने आयोजकले जनाएको छ ।
किराती पहिचानको खोजी ‘सिटिभी मोबाइल मिस राई २०१७ (यलेदोङ ५०७७)’ को पाँचाँै संस्करणमा एलिसा राई, अलिना राई, अस्मिता राई, रजनी राई, कमला राई, ईसारा राई, सम्झना राई, संगीता राई, प्रतिमा राई, शर्मिला राई, रोजी राई, र रेश्मा राई गरी १२ जना सहभागीहरू छानिएका छन् ।
यस कार्यक्रमको कोरियोग्राफ किरात बिन्द्रले गर्दै आएका छन् भने आउने कार्यक्रमको अन्तिम स्पर्धा १८ वैशाख सोमबार हुने जनाइएको छ ।

प्रतिक्रिया