काभ्रेपलाञ्चोक । कोशी पारिअन्तर्गत भुम्लुसल्ले गाविस १ मा २०३४ सालमा जन्म भई हाल एैजन गाविस ३ जोरपीपलमा वैवाहिक सम्बन्ध गाँसिइ स्थायी बसोबास गरिरहेकी म चम्पा लामा सामान्य खेती किसान गरी १ छोरी २ छोरालाई स्याहार गरेर बसेकी छँु । वैदेशिक रोजगारीको क्रममा मेरा पति मलेसियाबाट आएको अहिले २ वर्ष बितिसकेको छ ।
म र मेरा पतिले सामान्य खेतीपाती गरी आफ्नो गुजारा गर्दै आइरहेका छौं । विगतको समयमा मेरो परिवारको स्थिति धेरै नाजुक रहेको थियो । पतिको कुनै पेसा, व्यवसाय नभएकाले मलाई मेरो परिवार धान्न साह्रै गाह्रो परेको थियो । ममा पनि गाविस स्तरीय तथा अन्य कुनै पनि संघसंस्था तथा योजनामा भाग लिई आफ्नो हक, अधिकारको लागि सामान्य छलफल तथा आफ्नो भनाइ राख्न सक्ने क्षमता थिएन । यसै नमुना विसं २०६८ साल असार महिनाको १३ गतेका दिन हाम्रो यस गाविसमा पनि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीअनुरूप यस गाविसको ३ स्थित लामा टोलमा न्यूनतम हामी ३० जनाको महिला दिदीबहिनीहरूको समूह नागरिक सचेतना केन्द्र गठन गरिएको थियो । त्यतिखेर म यस नागरिक सचेतना केन्द्रमा सदस्य थिए ।
विशेषगरी नागरिक सचेतना केन्द्रमा विपन्न, दलित, गरिब पिछडा वर्ग महिलाहरू समावेश हुनुपर्दछ भन्ने कुरा हाम्रा सामाजिक परिचालक सुधा तामाङबाट थाहा भयो । त्यसपछि प्रत्येक शुक्रबारका दिन बिहान सो सामाजिक परिचालकमार्फत रिफ्लेक्ट कक्षामा हामीले बिस्तार बिस्तारै आफ्नो हक, अधिकार र सूचनाबारेमा तथा गाविस र गैरसरकारी कार्यालयले दिने सेवा, सुविधाबारे जानकारी हासिल गर्ने राम्रो मौका पाएँ । हामीले नागरिक सचेतना केन्द्रमार्फत नेपाली वर्णमालाको केही सिङ्गो अक्षरहरू पनि सिक्ने अवसर प्राप्त गरँे । हामी केही महिला साथीहरूले त आफ्नो नाम र दस्तखत गर्न नसक्दा साह्रै नरमाइलो मान्थे, अहिले सचेतना केन्द्रमार्फत दस्तखत र नाम लेख्न सक्ने भएका छन् ।
यसरी नै हाम्रो सचेतना केन्द्र पुनः भाग्यवश नै भन्नुपर्दा सदस्य पदबाट म नागरिक सचेतना केन्द्रको संयोजक हुने सुवर्ण अवसर प्राप्त गरँे । यसैगरी हाम्रो नागरिक सचेतना केन्द्र चल्दै जाने क्रममा केन्द्रका सहभागीहरूको जीवन स्तरमा सुधारको निमित्त जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत जिविस कार्यालयबाट एक लाखबराबर रकम परेको भनी हाम्रा सामाजिक परिचालक सुधाले हामी सबैलाई जानकारी गराएकी थिइन् । हाम्रो नागरिक सचेतना केन्द्रको निर्णयअनुसार १० जनालाई १०,०००। का दरले हामीलाई उक्त रकम न्यूनतम ६ प्रतिशतका दरले ऋण लिएर लगानी गर्ने अवसर प्राप्त गरेका थियांँ । उक्त रकमबाट मैले मेरो परिवारको सल्लाह र सामाजिक परिचालक सुधा तामाङको सल्लाहबमोजिम र व्यावसायिक योजनाका साथै उक्त क्षेत्रमा कुनै त्यस्तो किसिमको व्यवसाय नभएकाले मैले उक्त रकममार्फत चटपटे व्यवसाय गर्न थालेँ । मैले सो चटपटे व्यवसायमार्फत दैनिक ५०० देखि १००० रुपैयाँसम्म आम्दानी गर्दै आएकी छुँ । यसरी चटपटे व्यवसाय सञ्चालन गरेदेखि मैले घरमै बसी बसी र घरको अन्य कामकाज पनि व्यवस्थित गरेर मेरो परिवारको आर्थिक जिम्मेवारी पनि धान्न सकिरहेकी छुँ । मैले उक्त ऋण व्याजसहित भुक्तानी गर्न पनि सफल भएँ । अहिले मेरो घरमा परिवार सबैको मुहारमा खुशी छाएको छ । म दैनिक रूपमा केही रकम चलाउन पाउँछु । जसले सर्दा म खुशी भएकी छु । यसैगरी आगामी दिनहरूमा पनि हामी हाम्रो नागरिक सचेतना केन्द्रमा यस्तै किसिमका राम्रा राम्रा काम गर्नेछौं । विभिन्न संघसंस्थामा संलग्न रहने छौं । साथै यसैमार्फत एलजीसीडीपी कार्यक्रम र सुधा तामाङलाई विशेष धन्यवाद दिन चाहन्छु ।
प्रतिक्रिया