काठमाडौं । जीवन आफ्नो लागि मात्र त पशुले पनि बाँचेको हुन्छ यहाँ, अरूको लागि पनि बाँचेर हेर त, जीवन कति सुन्दर छ अनि अरूको लागि बाँचेर पाउने खुसी नै आनन्द हो, सत्य हो र अनि धर्म पनि हो । यही सत्मार्गलाई सत्यतामा बदलेर सफल बनाउँदै छन् सोलुखुम्बुका समाजसेवी देन्डी शेर्पा अपांगहरू तथा साहाराबिहीनका साहारा बनेर ।
काठमाडौंको कपनमा अवस्थित बाल अपांग टेवा संस्था शारीरिक अपांगता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने एक उदारणीय संस्था हो । यस संस्थाले शारीरिक अपांगता भएका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य उपचार तथा पुनस्र्थापनाका लागि विगत १० वर्षदेखि काम गर्दै आइरहेको छ । यस संस्थाले १९ जना विभिन्न विकट ग्रामीण जिल्लाका शारीरिक अपांगता भएका बालबालिकाहरूलाई आश्रय स्थल दिनुका साथै सम्पूर्ण शारीरिक विकासको लागि शिक्षा दीक्षा गाँस, बास, कपासको व्यवस्था गर्ने कार्य गर्दै आएको छ त्यसको साथै अन्य १० जनालाई शिक्षा दिने काम गरिरहेको छ ।
पर्यटन व्यवसायी देन्डी शेर्पा आफैँ सानै उमेरदेखि साहराबिहीन भएर दुःख कष्ट भोग्दै ट्रेकिङ पेसा गर्थे, पर्यटकहरूसँग काम गर्दै जाँदा विभिन्न ठाउँमा अपांग अनाथ बाल बच्चाहरूको बिजोक देख्थे देन्डीले, अनि कति यस्तै अपांग अनाथ संस्थाहरूमा विदेशीहरूको साथमा स्वयंसेवकको काम पनि गरे र त्यहाँ भएका पीड़ा दुःख कष्टलाई नजिकबाट नियाल्ने मौकÞा पनि पाए समाजसेवी शेर्पाले । आपूm साहराविहीन भएर बाँच्नु परे पनि अन्य अनाथ अपांग अनि सहाराविहीन बालबालिकाहरूले सहारा प्राप्त गरुन राम्रो शिक्षा हासिल गरुन भन्ने अभिप्रायःले सन २००६ मा देन्डी शेर्पाले बाल अपांग टेवा संस्था स्थापना गरी आपूmले पर्यटन व्यवसायबाट कमाएको रकमले अपांगहरूको लागि काम गर्न सुरू गरेर उनले अहिले १९ जना अपांग बालबालिकाहरूलाई खान, बस्न सुविधासहित शिक्षा दिइरहेका छन् ।
देन्डी शेर्पाले अहिले २० वर्षका लागि ४ रोपनी जग्गा भाडामा लिएर अपांग बाल टेवा संस्थाको कार्यालय स्थापना गरेका छन् । आफनो आर्थिक अवस्थाले भ्याएसम्म अपांग मैत्री, वातावरण मैत्री र बालमैत्री भवन बनाउने प्रयास गरेका छन् । जसले गर्दा अपांग बालबालिकाहरूलाई भइपरि आउने आपत विपत पर्दा उद्दार गर्न सजिलो होस् । महिलाहरूका लागि छुट्टै होस्टल रुम, ट्वाइलेट, बनाएका छन भने पुरुषहरूका लागि छुट्टै होस्टल रुम तथा ट्वाइलेटको व्यवस्था गरेका छन् भने पुस्तकालय भान्छा कोठा सबै व्यवस्थित तरिकाले बनाएका छन् । फिजियोथेरापी सेन्टर पनि बनाउने सोच लिएका देन्डी शेर्पाले आर्थिक अभावका कारण फिजियोथेरापी मेसिन किन्न नसकेको बताउँछन् ।
आहिलेसम्म अपांग बाल टेवा संस्थालाई खासै ठूलो कहीँ कतैबाट सहयोग प्राप्त भने भएको छैन । देन्डी शेर्पाले आफ्नै पहलमा तथा आफ्नै पर्यटन व्यवसाय र यही संस्था र संस्थामा आश्रित बालबालिकाको सहयोगार्थ भनी गार्मेन्टको सञ्चालन गर्दै त्यहाँबाट भएको फाइदा तिनै अपांग बालबालिकाहरूको लागि खर्च गर्दै आएका छन् । उनले उक्त गार्मेन्टमा पनि एकल महिला तथा पुरुषहरूलाई रोजागारी प्रदान गरेर अर्को एक समाजसेवासमेत गर्दै आएका छन् । उक्त गार्मेन्टबाट उनले ट्रेकिङ जाँदा चाहिने सामग्रीदेखि खेलकुदका कपड़ाहरू उत्पादन गरेर सेवाग्राहीदेखि लिएर अपांग बालबालिकासमेतलाई सेवा प्रदान गर्दै आएका छन् । आप्mनै खर्चमा यति ठूलो सामाजिक कार्यमा हात हालेका छन् ।
तर, उनलाई सहयोग गर्ने कोही छैन । अपांग बाल टेवा संस्थामा चाहिने हरेक सामग्री उनी आफैँले जोहो गर्दै आएका छन् । आफ्नै संस्थाको कम्पाउंडभित्र उनले ब्याडमिन्टन, बास्केटबल टिटीबल खेलाउनको लागि उनले मैदान तयार गरेका छन् तर, केही आर्थिक अभावले गर्दा उनले त्यों कुरा हरू पूरा गर्न सकेका छैनन् ।
देन्डीले यस अपांग बाल टेवा संस्थामापÞर्mत ४ जनालाई प्रत्यक्ष रोजगारसमेत दिएका छन् भने उनकी श्रीमती माया शेर्पाले देन्डीलाई उनको काममा साथ र सहयोग गर्दै आएकी छन् । आपूmले पढ़न नपाए पनि उनको उद्देश्य भनेको अनाथ अपांगहरूलाई शिक्षा प्रदान गरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हो । देन्डी आपूm निरक्षर भएर पनि २९ जना बालबालिकालाई साक्षर बनाएका छन् । उनको यो एक्लो प्रयासले अपांग बालबालिकाहरूको क्षेत्रमा ठूलो सहयोग पुगेको देखिन्छ । तर, आपूm कुनै श्रोतविना पनि समाजमा सकारात्मक काम गरे पनि सरकारी तबरबाट कुनै केही सहयोग प्राप्त नगरेकोमा दुःख व्यक्तसमेत गरेका छन् ।
२००६ देखि २०१६ सम्ममा उनले अन्य सामाजिक कार्यहरू जस्तै बाल शिक्षा, सिलाई तालिम, अनौपचारिक शिक्षा, बालविकास केन्द्र, धुँवारहित चुलो, विद्यालय भवन निर्माण, आकाशे पानी संकलन, सौर्य ऊर्जा श्रब्यदृश्य पुस्तकालय, कम्प्युटर, जैविक फोहोर व्यवस्थापन र कौसी करेसा तालीम प्लास्टिक ब्याग हटाउ अभियान, भूकम्प राहत तथा जस्ता वितरण, कृषि तालीम, लघुवित्त तालीम, मैनबत्ती उत्पादन तालिमजस्ता विभिन्न आयमुलक समाजसेवामा प्रत्यक्ष १४ हजार ५ सय १२ जना लाभान्वितसमेत भएका छन् ।
हामी र हाम्रो नेपाली समाजमा अपांगहरूलाई हेर्ने दृष्टिकोण फरक छ, समाजले हेर्ने दृष्टिकोणमा हेयको भाव छ । शारीरिक अपांगता भएको साथीहरू कुन हालतमा छन होला भनि जुनसुकै हालतमा भए पनि आनाथ तथा अपांगहरूको सेवा र उद्दार गर्ने हेतुले सन् २००६ मा बाल अपांग टेवा संस्था भन्ने संस्था दर्ता गरि सञ्चालन गर्दै आएका शेर्पाले १० वर्षको अन्तराल धेरै दुःख र पीड़ा पनि भोगे । यो समाजमा जति नै उदारणीय काम गरेनि जति नै राम्रो काम गरेनि राम्रो काम गर्नेलाई प्रोत्सान र सहयोग मिल्न गाह्रो पर्दोरहेछ यहि यथार्थ भोग्दै आएका छन् समाजसेवी शेर्पा ।
देश विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूबाट धेरै थोरै सहयोग प्राप्त भएनि संस्था चलाउन गाह्रो परेको कुरा यस संस्थाका संस्थापक अध्यक्ष देन्डी शेर्पाले बताए । सरकारी तबरबाट केही सहयोग नपाएको कुरा शेर्पाजी बताउँछन् । हामी सधँै केही गर्न सकेनौँ भन्छौ, जीवनमा, राम्रो काम गर्न सकेनौँ भन्छौँ ।
तर, कमसेकम राम्रो काम गर्नेलाई साथ त दिन सक्छौ नि, त्यसो भए तपाईंहरू पनि आफ्नो क्षेत्रबाट अपांग, आनाथ बालबालिका साहाराबिहीन दुःखीलाई आफ्नो आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौँ, अनि जीवनमा पुण्य कमाऊ, राम्रो काम गर्नेलाई साथ दिउ, हातमा हात मिलाई अगाडि बढौँ । न यहाँ राम छन्, न यहाँ बुद्ध आउँछन् न त कृष्ण नै, यहाँ केवल असल मान्छे जन्मिन्छन् देवको प्रतिनिधित्व गरेर जो तपार्इं पनि हुन सक्नुहुनेछ तपाईंको आत्माभित्र नि देवत्तो बसेको हुन सक्छ ।
देन्डी शेर्पा समाजका एक उदारणीय व्यक्ति हुन कुनै बाहिरी आर्थिक स्रोत नहुँदा पनि उनले आफ्नो जोस जाँगर र हिम्मतले आज यो समाजलाई एक सबल व्यक्तिले पनि गर्न गाह्रो हुने काम गर्दै बाल अपांग टेवा संस्था भन्ने संस्थामार्फत १९ जना अपांग बालबालिकालाई आस्रय दिँदै आएका छन् । जसलाई प्रत्यक्ष भेट्दा हाम्रो मन रुन्छ, सबै बालबालिकाहरूमा शारीरिक अपांगता छ, जो आफँैमा बोल्न, हिँड्न, खान सकेका छैनन् सहयोगहरू कतैबाट नपाइरहेको अवस्था छ कस्तो पीडा होला यो संस्थालाई अनि ती पीडितलाइ हुने खाने संस्थालाई मात्र सबैबाट सहयोग मिल्छ, सहयोग खोज्न जाने काहाँ ? यस्तै प्रश्न को उत्तर खोज्दै छन अध्यक्ष देन्डी शेर्पा उनी यो संस्थाको संस्थापक तथा अध्यक्ष रहेका छन् ।
प्रतिक्रिया