रेवत र मेलिनाको ‘प्रितको नशाले’

15327735_1324872210911137_1303358005_nकाठमाडौं, २० मंसिर । गायक रेवत राई र गायिका मेलिना राईद्वारा स्वरबद्ध सांगीतिक युगल एल्बम ‘अलग उपहार’को पहिलो भिडियो रूपमा ‘अलिकति प्रीतको नशाले तान’ युट्युबमार्फत् सार्वजनिक भएको छ । विश्वकाजी राईले लिपिबद्ध गरेको यस गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् भने आमोस तामाङको संगीत संयोजन रहेको छ । कलाकारद्वय प्रियंका कार्की र जीवन भट्टराईको अभिनय, राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् ।

अलग उपहारमा विश्वकाजीको अलवा ईश्वर चाम्लिङ, मुकेश राई, हेमकुमार राई, डिल्लिराम राई, जगत नवोदित, किरण चाम्लिङ राई र नवराज राईको शब्दलाई शान्तिराम राई, महेश खड्का, तारा प्रकाश लिम्बु, अर्जुन पोखरेल, बसन्त सापकोटा, आभा मुकारुङ, र रेवत राईले संगीतबद्ध गरेका छन् । अलग उपहारमा समाविष्ट अरू गीतका भिडियोहरू पनि धमाधम बन्दैछन् । उत्पादक तथा वितरक इमिडिया हबले जनाए अनुसार एल्बमको औपचारिक विमोचन चाँडै हुनेछ ।

प्रतिक्रिया