मैत्रीपूर्ण फुटबलमा एन्फाद्वारा एनएसजेएफ पराजित

friendly-football-journalist-and-anfaकाठमाडौं । नेपालीहरूको महान चाड बडादसँैको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) र अखिल नेपाल फुटबल संघ(एन्फा)बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सातदोबाटोस्थित एन्फा ग्राउन्डमा बिहीबार भएको खेलमा एन्फाले खेलकुद पत्रकारलाई ४–१ गोल अन्तरले पराजित ग¥यो । एन्फाको जितमा लब खत्री, नविन पाण्डे, मेघराज केसी र नविन पाण्डेले गोल गरेका थिए । पत्रकारको लागि एक मात्र सान्त्वना गोल सुवास हुमागार्इंले फर्काएका थिए । पहिलो हाफ एन्फा २–० ले अगाडि रहेको थियो ।

त्यस्तै दोस्रो हाफ सुरु भएको केही समयपछि पत्रकार टोलीले १ गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । तर, पत्रकारको फितोलो डिफेन्स लाइनको फाइदा उठाउँदै एन्फाले थप २ गोल गरेपछि ४–१ ले विजयी भयो । मैत्रीपूर्ण खेलपछि एन्फाले मञ्चको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो । एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव धीरेन्द्र प्रधानले मञ्चका पदाधिकारी र सदस्यलाई खादा लगाइदिएका थिए । मञ्चको निर्वाचन २५ वैशाखमा भएको थियो । सो अवसरमा एन्फा र पत्रकारबीच दसँैको शुभकामना आदानप्रदान भएको थियो । (सौस)

प्रतिक्रिया