बलिप्रथा : अज्ञानता र आडम्बर

bali_pratha_daghimaiभगवान्लाई खुसी पार्नसके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलिप्रथा (पशुबलि) दिने गरिन्छ । नेपालमा पनि महान चाड मानिने दसैँलगायत विभिन्न समयमा पशु बलि दिने चलन छ । तर, यस्ता क्रियाकलापविरुद्ध विरोधका स्वर पछिल्लो समयमा भने बढ्दो छ । रत्ननगरका धार्मिक गुरु तथा टिकौली मन्दिरका उत्तराधिकारी महन्त कृष्णप्रसाद शास्त्री केही धार्मिक गुरुको आडम्बर, मानवीय स्वार्थ र अज्ञानता बलिप्रथाको कारण रहेको औँल्याउँछन् । उनका अनुसार पूर्वीय दर्शन हिन्दू धरातलमा छ ।

हिन्दू शास्त्र सहिष्णु र आदर्शवादी धर्म हो । बलिप्रथाको सन्दर्र्भ जोड्दै शास्त्री चराचर प्राणीलाई अनाहकमा हानी पु¥याउनु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको बताउँछन् । हिंसा भन्ने कुरा हिन्दू शास्त्रले हिंसालाई स्थान नदिएको उनको जिकिर छ । केही मानिस शक्ति प्राप्तिका लागि हिंसामा उद्यत भएको देखिन्छ । कुनै प्राणीलाई क्षति पु¥यायो भने बरु उल्टो श्राप मिल्ने तर कुनै पनि शक्ति र शान्ति प्राप्त नहुने तर्क उनको छ ।

विभिन्न शास्त्रले बलिलाई कुनै कुरा त्याग्नु या आहुति दिनु भन्ने अर्थमा उल्लेख गरेकाले यसलाई हत्याहिंसाका रूपमा नभनेको प्राध्यापक जगदीशचन्द्र शर्माको भनाइ छ । त्यसैले चाडपर्वको नाममा हुने हत्याहिंसा कुनै पनि हिसाबले स्वीकार्य नहुने बरु आफैँमा हुने कुरीति, कुसंस्कार तथा कुविचारलाई त्याग्ने अर्थमा बलिलाई प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

विश्वभर अशान्ति आतंक, हिंसाको क्रम बढ्दै गएको सन्दर्भमा ०७ सालको संयुक्त राष्ट्रसंघको निर्णयअनुसार महात्मा गान्धीको जन्मजयन्ती पारेर दिवस मनाउन थालिएको हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस आइतबार मनाइयो । दिवसको सन्दर्भलाई कोट्याउँदै चितवन भरतपुरका समाजसेवी केशव अधिकारी काम, क्रोध, लोभ, मोह तथा दम्भजस्ता कुरालाई त्याग्नुपर्ने विषयलाई बलिप्रथासँग जोड्छन् ।

ईश्वरलाई खुसी पार्न गरिने कुनै पनि बलि अमानवीय रहेको उनको तर्क छ । ‘सृष्टिका सबै ईश्वरका वरदान र सन्तान हुन्, आफ्नै सन्तानको बलि दिएर म खुसी हुन्छु भनेर ईश्वरले कहिल्यै भन्लान् ?’, अधिकारीले प्रतिप्रश्न गरे । शास्त्रले बलि दिनु भनेको आफ्ना दुर्गुणलाई बलि देऊ भन्न खोजेको भन्दै अधिकारी भन्छन्, ‘यस्ता कुप्रथा रोकिनुपर्छ ।’ चाडपर्वमा विभिन्न सार्वजनिकस्थलमा बलि दिने कार्य गलत भएको भन्दै यस्तो कार्य रोक्न मागसहित चितवनमा ¥याली र प्रदर्शनसमेत भएको छ ।

जनस्वास्थ्य तथा पर्यावरणमा समेत बलिप्रथाले प्रतिकूल असर परेको अहिंसावादी अभियानका अभियन्ता जगदीशचन्द्र शर्मा दाबी गर्छन् । बलिप्रथा, काटमार तथा हत्याहिंसाको विरुद्धमा अभियान चलाउँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद्, नेपाल चितवनको अगुवाइमा आज अहिंसा दिवसको सन्दर्भमा हरेक कृष्णप्रणामी मन्दिरमा कार्यक्रम भइरहेको शर्मा बताउँछन् । देवीदेवता, मठ मन्दिर र पवित्र स्थानमा निरीह पशुको बलि दिनु सरासर पाशविक कर्म हुने भएको कृष्णप्रसाद शास्त्री बताउँछन् ।

मन्दिर जहाँ शान्त र स्थिर हुने पवित्र ठाउँ हो त्यहाँ रगत बगाएर कहिल्यै शान्ति नमिल्ने शास्त्री बताउँछन् । बरु शास्त्रले निरीह पशुलाई होइन मनुष्य भित्रका पशुकर्मको बलि दिनुपर्ने भनेको छ । स्वास्थ्यका लागि पनि सात्विक खानाको महत्व ठूलो छ । दूध, दही फलफूल तथा सात्विक खाना माछा, मासुभन्दा कयाँै गुणा पौष्टिकयुक्त भएको विज्ञानले समेत पुष्टि गरेको रत्ननगरका जगदीश शर्मा बताउँछन् ।

पशुपक्षी अधिकारको संरक्षण गर्ने विश्वव्यापी अभियानलाई नेपालमा पनि कार्यान्वयनतर्फ सबैको ध्यान जानुपर्नेमा श्रीकृष्ण प्रणामी युवा परिषद्ले जोड दिएको छ । अभियानकर्मी तिलकराज शर्मा प्राणीको काटमार गर्न रोक लगाउनुपर्ने, सार्वजनिकस्थलनजिक रहेका सम्पूर्ण वधशाला पूर्णरूपमा बन्द गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया