तास खेल्ने–खेलाउने पक्राउ

juwa-tasकाभ्रे, १६ असोज । काभ्रेमा १ तासको खालबाट खेल्ने –खेलाउने गरी जम्मा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ असोजमा बनेपा ५को लहरमान कपालीको घरमा तास खेलाई रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यलय बनेपाले तास खेल्ने–खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा उनिहरू पक्राउमा परेका हुन् । बनेपाका प्रहरी निरीक्षक अनिल कुमार घिमिरे सहितको टोलीले उनीहरूलाई तासको खालबाटै नगद र तास सहित पक्राउ गरेको हो । आफ्नै घर कोठा भित्र कृष्ण लामा समेत ९ जना भेला भई–हार जित उठीवास र वारपार नै हुने गरी तास खेली रहेको अबस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताईएको छ ।

सोही ठाउँमा तासको खालबाट ९१ हजार ८ सय १५ र तास समेत बरामद गरीएको छ । पक्राउ परेकाहरूलाई जुवा ऐन २०२० अन्तर्गतको कारवाहीको लागी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । बनेपा ५ नयाँ बस्ती बस्ने बर्ष २७ को कृष्ण लामा, बनेपा ५ कै बर्ष ३० को सुरेश लामा, काला तामाङ, बर्ष ३७ को दिपक थापा, गोबर्धन भन्ने सिताराम दाहाल, बनेपा ७ बस्ने बर्ष ४६ को सागर शाही, बनेपा ५ कै बर्ष ६३ को रामचन्द्र बजागाई, रामशरण पण्डीत र लहरमान कपाली रहेको प्रहरीले जनाएको छ ।

डिएसपी नविनराज राईका अनुसार जिल्ला अदालत दसैँ बिदा हुने भएकोले यसपालीको दसैँ उनीहरूको प्रहरी खोरमा नै हुने छ । उनले भने हामीसँग छोड्न मिल्ने कुनै आधार छैन । जिल्लामा जुवा तास खेल्लने खेलाउनेहरू चाढबाढ बाहेक अरू दिनमा पनि सक्रिय हुँदै आएका छन् । प्रहरीले यसविरुद्ध अप्रेसन सुरु गरी मानिसहरूको उठीबास गर्नबाट बचाउन दसैँ लच्छिीत सुरक्षा योजना र कार्य योजना समेत तयार गरी लाग्दै आएको छ । प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार सवारी साधनदेखि हरेक क्षेत्रमा कडाईका साथ सुरक्षा संयन्त्रहरूमा ध्यान दिइको छ । कतै ठगी कतै लुटपाट कतै अप्रिय घटना हुन नदिन यस्तो कार्ययोजना अपनाइएको उनले बताए ।

प्रतिक्रिया