कर्पोरेट समाचार

सोनी इलेक्ट्रोनिक्सका एन्ड्रोइड टिभी सार्वजनिक
sony-logoकाठमाडौं । नेपा हिमा ट्रेड लिंक प्रालिले सोनी इलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज (एचडिआर) अन्तर्गत नयाँ रेञ्जका टिभीहरू सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टिभीहरू आधुनिक एचडिआर चलचित्र तथा सोका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषणको मज्जा दिने कम्पनीले जानकारी दिएको छ । नेपा हिमा ट्रेड लिंक नेपालका लागि सोनी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता हो ।

कम्पनीले एचडीआर लाइनअपअन्तर्गत अत्यधिक रुचाइएको एक्स९३डी सिरिज, फोरके एचडिआर टिभी रेञ्ज र फुल एचडी टिभीअन्तर्गत इन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका नयाँ टिभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ सम्प्रेषण गर्ने क्षमता राख्छन् । टिभीहरूमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा टिभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी टिभीमा प्रयोग गरिएको एक्सवान फोरके प्रोसेसरले कलर म्यापिङ प्रविधिमार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पु¥याउने कम्पनीको भनाइ छ ।

सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एन्ड्रोइड ६.० मार्समेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले युएसबी ड्राइभमार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन् । फलस्वरूप अन्य टिभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टिभीमा धेरै एप्लिकेसन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ । घरको आन्तरिक सजावतलाई थप आकर्षक देखाउन प्रत्यक्ष सहयोग पु¥याउने उद्देश्यका साथ ब्राभियाका नयाँ टिभीको डिजाइनसमेत निकै आकर्षक तरिकाले गरिएको छ । कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीकोे आरथ्रिडी सिरिज पनि सार्वजनिक गर्ने योजना रहेको छ ।

कतार एयरवेजलाई ‘बेस्ट अप इन दि एयर’ उपाधि
quatar-airways-copyकाठमाडौं । कतार एयरवेजलाई अमेरिकाको लास भेगासमा आयोजित फ्युचर ट्राभल एक्सपेरियन्स ग्लोबल २०१६ मा ‘बेस्ट अफ इन दि एयर’ उपाधिद्वारा सम्मानित गरिएको छ । अघिल्लो वर्ष पनि कतार एयरवेजले सोही उपाधि हात पार्न सफल भएको थियो । उद्योगमै सर्वोत्कृष्ट इन फ्लाइट अनुभव प्रदान गर्न सफल कतार एयरवेजको अथक प्रयासको कदर स्वरूप यो उपाधि दिइएको थियो । एयरबस ए३५०को सञ्चालन विश्वभर गर्ने पहिलो एयरलाइन, ओरेक्स वानको साथमा इन फ्लाइट मनोरञ्जन प्रणालीलाई परिस्कृत गरेको, सबै फ्लिटमा अनबोर्ड वाइफाईको उपलब्धता, क्याबिन क्रुको विकासका लागि गरिएको लगानीलगायत कुरालाई पनि अवार्डले विशेष मान्यता प्रदान गरेको छ । ‘लगातार दोस्रो वर्ष पनि उपाधिद्वारा सम्मानित हुन पाउँदा हामीलाई निकै गर्व लागेको छ’ कतार एयरवेजका गु्रप चिप एक्जेक्युटिभ अकबर अल बाकरले भने, ‘यसको श्रेय हाम्रो सोचलाई सार्थकता प्रदान गर्न निरन्तर मिहिनेत गर्ने हाम्रा समग्र क्रु मेम्बरलाई जान्छ ।’

‘आफ्ना यात्रुलाई सदैव उत्कृष्टताको अनुभव दिनु नै हाम्रो उद्देश्य रहँदै आएको छ’ कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष (कस्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले भने, ‘सेवामा थप उत्कृष्टता ल्याउँदै यात्रुलाई अझ उत्कृष्ट अनुभव तथा सम्झना प्रदान गर्न हामीलाई यसले थप हौसला प्रदान गरेको छ ।’

एयरलाइन प्यासेन्जर एक्स्पेरियन्स एसोसिएसन (एपेक्स)का प्रमुख कार्यकारी अधिकृत जो लिडरले डिमिट्रोभलाई उक्त सम्मानित अवार्ड हस्तान्तरण गरेका हुन् । स्टेट अफ आर्ट हब हमाद इन्टरनेसनल एयरपोर्टबाट संसारकै सर्वाधिक नयाँ मध्येका फ्लिट्स उडाइरहेको कतार एयरवेजलाई इन्टरनेसनल एयर ट्रान्सपोर्ट रेटिङ अर्गनाइजेसन स्काइट्रयाक्सद्वारा आयोजित २०१६ वल्र्ड एयरलाइन अवार्डमा वल्र्ड्स बेस्ट बिजनेस क्लास, बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज र बेस्ट एयरलाइन स्टाफ सर्भिस इन द मिडल इस्ट उपाधिद्वारा पनि सम्मानित गरिएको थियो ।

एनसिसी बैंकको कार्यकारी निर्देशकमा अर्याल
nccकाठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रमेशराज अर्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

२६ वर्ष अगाडि तत्कालीन नेपाल ग्रिन्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैकिङ पेसा प्रारम्भ गरेका अर्यालले ०५३ माघदेखि एनसिसी बैंकमा प्रवेश गरेका थिए । विगत करिब २० वर्ष अगाडि सहायक प्रबन्धकको रूपमा एनसिसी बैंकमा प्रवेश गरी हाल प्रमुख कार्यकारी अधिकृत भएका अर्याल बैंकिङ क्षेत्रका एक अनुभवी तथा कुशल बैंकरको रूपमा चिनिन्छन् ।

सिद्धार्थ सिमेन्टको व्यवसायी भेटघाट कार्यक्रम सम्पन्न
siddartha-cementकाठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले बुटबलको मणिग्रामस्थित एक रिर्सोटमा निर्माण व्यवसायी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ्र । कार्यक्रममा सिद्धार्थ ग्रुपका सञ्चालकहरू जगदीशकुमार अग्रवाल, राजेशकुमार अग्रवाल, मोहित अग्रवाल, रोहित अग्रवाल, अर्पित अग्रवाल, सोमेश अग्रवाललगायत विभिन्न स्थानहरूबाट आएका निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सिद्धार्थ ग्रुपका कार्यकारी निर्देशक जगदीश अग्रवालले हरेक प्रकारको निर्माण कार्यको लागि गुणस्तरीय एवं उपयोगी सिद्धार्थ सिमेन्टलाई रोज्नुभएका सम्पूर्ण व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गरे । । यसै कार्यक्रममा सिद्धार्थ सिमेन्टका सञ्चालक राजेश अग्रवालले देशको पुनर्निर्माणको लागि सिमेन्टले महत्वपूर्ण भूमिका खेल्नेहुँदा निर्माण व्यवसायीहरूले सिद्धार्थ सिमेन्टमार्फत सबै नेपालीलाई जोड्दै आएको बताए । कार्यक्रममा सिदार्थ ग्रुपका सञ्चालक रोहित अग्रवालले आफ्नो उत्पादनको बारेमा सहभागीहरूलाई प्रस्ट पार्दै आफ्नो ब्रान्डहरूको गुणस्तरप्रति सदैव सजक रहने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा व्यवसायीहरूको तर्फबाट सञ्चिता हार्डवेयरका सञ्चालक कमलप्रसाद कँडेलले नेपालको विकाससँगै सिद्धार्थ सिमेन्टको भूमिका बारेमा प्रस्ट पारेका थिए ।

प्रतिक्रिया