काठमाडौं, ४ जेठ । नायिका संचिता लुइटेललाई हाल छायांकनमा रहेको चलचित्र ‘राधा’ले निकै आशावादी बनाएको छ । इलामको श्री अन्तु डाँडामा ‘राधा’ चलचित्रको सुटिङ भइरहँदा उनले यसलाई आफ्नो सफल चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछिको अर्को उत्कृष्ट हुने बताइन् ।
नायिका लुइटेलले चलचित्रको कथावस्तुलाई दर्शकले रुचाउन सक्ने आँकलन पनि गरिन् । नायक जीवन लुइटेलसँग पर्दा सेयर गरिरहेकी संचिताले निर्देशक योगेश घिमिरेको मिहिनेत पनि चलचित्रमा देखिने बताइन् । चलचित्र प्राविधिक हिसाबले पनि उत्कृष्ट हुने उनको भनाइ छ । नेपालमा पहिलोपटक घाम उदाउने क्षेत्रको रूपमा परिचित श्री अन्तु डाँडाबाहेक दार्जिलिङको मिरिक र झापाको बिर्तामोडमा यसको छायांकन भइरहेको छ ।
निर्देशक योगेश घिमिरेले चलचित्रलाई प्राविधिक र कथावस्तुको हिसाबले पनि उत्कृष्ट बनाउन कुनै लोभ नगरेको बताए । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । नायक जीवन लुइटेलले चलचित्रको कथावस्तुलाई नै सवैभन्दा सवल पक्ष मानेका छन् । ‘कथावस्तु राम्रो नभएको भए यसपटक योगेश घिमिरे र मेरो टिमअप हँुदैनथ्यो’, जीवनले भने ।
चलचित्र ‘नोटबुक, भुलभूलैया’ जस्ता सफल चलचित्र दिएका निर्देशक घिमिरेले यसपटक ‘राधा’मा खुबै मिहिनेत गरिरहेका छन् ।
प्रतिक्रिया