ला–लिगाको २४औँ उपाधि बार्सिलोनालाई

FC Barcelona players pose with their trophy after winning the Spanish League title, at the end of their Spanish La Liga last round soccer match against Deportivo Coruna at the Camp Nou stadium in Barcelona, Spain, Saturday, May 23, 2015. (AP Photo/Manu Fernandez)

बार्सिलोना, २ जेठ । स्पेनिस ला–लिगाको यस सिजनको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राती भएको लिगको अन्तिम खेलमा ग्रानाडालाई ३–० ले हराएर बार्सिलोनाले उपाधि हात पा¥यो । उपाधि दाबेदार रियल मड्रिडले लिगको आफ्नो अन्तिम खेलमा डिप्रोटिभो डीला कोरुनालाई २–० ले हराए पनि बार्सिलोनाले उपाधि जित्यो । बार्सिलोनाको जितमा नायक बनेका लुइस स्वारेजले ह्याट्रिक पूरा गरे ।

स्वारेजले पहिलो हाफको २२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । स्वारेजले पहिलो हाफकै ३८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो । स्वारेजले नै दोस्रो हाफको ८६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको ह्याट्रिकसँगै जित हात पारेको बार्सिलोनाले रियलले स्तब्ध पार्दै उपाधि आफ्नो बनायो । ला–लिगामा सर्वाधिक ४० गोल गरेका स्वारेजले गोल्डेन बुट आफ्नो नाममा गरे ।

ला–लिगाको डिफेन्डिङ च्याम्पियनसमेत रहेको बार्सिलोनाले लगातार दोस्रोपटक उपाधि जित्यो । बार्सिलोनाले ला–लिगाका पछिल्लो ५ खेलमा लगातार जित निकाल्दै उपाधि जितेको हो । ला–लिगाको उपाधि दावेदार रियल मड्रिडले अन्तिम खेलमा डिप्रोटिभो डी ला कोरुनालाई हराए पनि बार्सिलोनाको जितले सपना अधुरै रह्यो । बार्सिलोना पराजित भएको भए उपाधि रियलको पोल्टामा जाने थियो । मड्रिडको जितमा सुरुआतीमै गोल गर्दै क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट अग्रता दिलाए । रोनाल्डोले २ गोल गर्दै डिप्रोटिभोलाई २–० ले हराए । रोनाल्डोले सातौँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुआती अग्रता दिलाए । पुनः उनले नै पहिलो हाफको २५औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि मड्रिड डिप्रोटिभोविरुद्ध हाबी हुने देखिए पनि डिप्रोटिभोले रियललाई थप गोल गर्न दिएन । रोनाल्डोले यो सिजन ला–लिगामा ३५ गोल गरे ।

मड्रिडले ला–लिगाका पछिल्ला १२ खेलमा लगातार जित निकाले पनि उपाधिका लागि पर्याप्त भएन । बार्सिलोनाले रियललाई १ अंकले पछि पार्दै उपाधि उचाल्यो । बार्सिलोनाले २४ पटक ला–लिगाको उपाधि जितेका छ । मड्रिड भने २४ पटक नै उपविजेता बन्न बाध्य भयो । च्याम्पियन बार्सिलोनाको ९१ तथा उपविजेतामा सीमित भएको मड्रिडको ९० अंक भयो । मड्रिडले भने सन् २०११–१२ को सिजनमा ला–लिगाको उपाधि जितेको थियो ।

प्रतिक्रिया