‘अनुपम म्युजिक अवार्ड’ कर्णदासलाई

karna das copyकास्की, २ जेठ । ‘अनुपम म्युजिक, पोखरा’को आयोजनामा ‘अनुपम म्युजिक अवार्ड’ को दोस्रो शृंखलामा यसवर्ष गायक कर्णदासलाई प्रदान गरिने भएको छ । त्यस्तै, ‘अनुपम संगीत सम्मान’ संगीतकार नवराज बराल र गीतकार रेशम रचकलाई दिइने भएको छ ।

साहित्यकार दीपक समिपको संयोजकत्वमा गायक रामभक्त जोजिजू र समाजसेवी वीरेन्द्र पालिखे सदस्य तथा अनुपम म्युजिकका प्रवन्धनिर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले यी ३ लाई अवार्ड तथा सम्मानका लागि छनोट गरेको हो ।

१५ जेठमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने कार्यक्रममा गायक कर्णदास, कर्म ग्याल्छेन, भविन ढुंगाना, रामभक्त जोजिजू, इतु जोजिजूलगायत पोखरा, काठमाडौं र दार्जिलिङका कलाकारको समेत सांगीतिक प्रस्तुति रहने संयोजक अनुराग अधिकारीले बताए ।

अनुपम म्युजिक अवार्डबाट गायक कर्म ग्याल्छेन र गीतकार कृष्णहरि बराल तथा अनुपम संगीत सम्मानबाट गायिका इन्दिरा जोशी, गीतकार होमनाथ न्यौपाने, गायक रामभक्त जोजिजू र संगीतकार वसन्त सापकोटा सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया