दक्षिण एसियामा हमालको ‘क्विज मेनिया’

Rajesh-hamalकाठमाडौं, १७ वैशाख । नायक राजेश हमालले टेलिभिजनमा चलाउँदै आएको क्विज कार्यक्रम अब दक्षिण एसियासम्म पुग्ने भएको छ । उनले सञ्चालन गर्दै आएको ‘क्विज मेनिया’ अब दक्षिण एसियामा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको हो । यो कार्यक्रम विगत ४ वर्षदेखि राष्ट्रव्यापी रूपमा सञ्चालन हुँदै आएको थियो । एक्रेटिभ मिडिया प्रालिले आयोजना गर्ने यो कार्यक्रममा देशभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सभागिता जनाउँदै आएका थिए ।

अब भने मुलुकभरका प्रतिस्पर्धीहरूलाई उछिनेर पहिलो स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । दक्षिण एसियाका भारत, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तानका विद्यार्थीले क्विज मेनियामा भाग लिन पाउने एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी हरि पोखरलेले जानकारी दिए । नेपालभित्रको प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । २३ जेठदेखि यो कार्यक्रम हरेक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टिभीमा प्रसारण हुनेछ । यो कार्यक्रमलाई लिएर नायक राजेश हमाल पनि खुबै उत्साहित छन् ।

प्रतिक्रिया