युद्धस्तरमा पुनर्निर्माण : प्रधानमन्त्री

k|wfgdGqL cf]nL–lznfGof; l;Gw'kfNrf]s lhNnfsf] rf}tf/f gu/kflnsf–# l:yt JolQmut cfjf;sf] lznfGof; u/L k'gMlgdf{0f sfo{sf] z'ef/De ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /fd s];L, rf}tf/f,/f;;

सिन्धुपाल्चोक, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माण कार्य युद्धस्तरमा गरिने बताएका छन् । भूकम्प गएको १ वर्ष पुगेको अवसरमा ११ः५६ बजेको समयमा चौतारा नगरपालिका–३ स्थित व्यक्तिगत आवासको शिलान्यास गरी पुनर्निर्माण कार्यको आइतबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

भूकम्पले क्षति पु¥याएका करिब ८ लाख घर निर्माण गर्नुपर्ने चुनौती रहेको चर्चा गर्दै प्रधानमन्त्रीले आगामी ५ वर्षभित्र निर्माण कार्य सकिने गरी कार्य प्रारम्भ भएकाले सबैलाई धैर्य गर्न आग्रह गरे । उनले पुनर्निर्माण गर्दा वृद्घवृद्घा, बालबालिका, गर्भवती, एकल महिला र अशक्त बसोबास गर्ने घर निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताए ।

संयम र दृढताका साथ अगाडि बढेमा आर्थिक उन्नति हुने बताउँदै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशमा विद्युत्, शिक्षा, सडकलगायत हरेक क्षेत्रलाई अगाडि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गरे । उनले आगामी बजेटमा कृषिको आधुनिकीकरण, सिँचाइ, मलखाद तथा बीउबिजन किसानलाई सहजरूपमा उपलब्ध गराउने व्यवस्था गरिने बताए । प्राकृतिक विपद्मा कसरी अगाडि बढ्ने भन्ने कानुन नभएको र वर्तमान खरिद ऐन पनि जटिल भएकाले काममा तीव्रता दिन संशोधन गरी सहज तुल्याएकाले आगामी दिनमा पुनर्निर्माण कार्यले तीव्रता आउने प्रधानमन्त्री ओलीले दाबी गरे ।

एक अर्को प्रसंगमा उनले अहिले मधेस आन्दोलन र नाकाबन्दी नभएको र भारतसँगको सम्बन्धमा पनि सुधार आएको चर्चा गर्दै आन्तरिक मामलामा कसैको निर्देशन नमान्ने दृढता व्यक्त गरे । भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई व्यापारिक नाकाको रूपमा सुचारु गर्न पहल भइरहेको पनि प्रधानमन्त्रीले खुलासा गरे । सो अवसरमा वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पले भौतिकरूपमा भत्काए पनि मानसिकता नभत्केको चर्चा गर्दै भूकम्पकै कारण सबै पार्टी एकजुट भई संविधान निर्माण गर्न सकिएको उल्लेख गरे । सो अवसरमा सांसद अमृतकुमार बोहोराले पुनर्निर्माणको कार्यको अभियानले ढिलै भए पनि संगठित रूपमा थालनी भएकाले यसले तीव्रता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जिल्लाका ९० हजार भूकम्पपीडित परिचयपत्र प्राप्त गरेका मध्ये ८७ हजार ६ सय ४९ ले मात्र १५ हजार तत्कालीन राहत प्राप्त गरेको र ८५ हजार १ सय ७२ ले मात्र न्यानो कपडाको १० हजार रकम पाएको जानकारी गराए ।

सो अवसरमा चौतारा नगरपालिका–३ निवासी यदुमाया घोरासैनी र सर्भे तामाङको आवास पुनर्निर्माण सम्झौतापत्र वन तथा भू–संरक्षण मन्त्री सापकोटा र सांसद बोहराले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे । आइतबारै सांसद मोहनबहादुर बस्नेतले निर्वाचन क्षेत्र नं १ को कर्थली गाविस र सांसद शेरबहादुर तामाङले निर्वाचन क्षेत्र नं ३ को भोटेचौर गाविसमा व्यक्तिको घरको शिलान्यास गरे ।

प्रतिक्रिया